मंगलबार, भदौ २, २०८३

खाल्डोमा गाडेको अवस्थामा बालिकाको शव फेला

२ वर्षीया निशा उराउको शव घरनजिकैको पैनीमा खाल्डो खनेर पुरेको अवस्थामा भेटिएको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार प्रारम्भिक अनुसन्धानबाट हत्यापछि खाल्डो खनेर शव गाडेको हुनसक्ने देखिन्छ।
 |  बुधबार, मंसिर २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २९, २०७८

विराटनगर- मोरङको रंगेली नगरपालिका‒२ मा खाल्डो खनेर गाडेको अवस्थामा मंगलबार दिउँसो एक बालिकाको शव फेला परेको छ। 

२ वर्षीया निशा उराउको शव घरनजिकैको पैनीमा खाल्डो खनेर पुरेको अवस्थामा भेटिएको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार प्रारम्भिक अनुसन्धानबाट हत्यापछि खाल्डो खनेर शव गाडेको हुनसक्ने देखिन्छ।

निशा ३ दिनदेखि बेपत्ता रहेको उनले बताए। आइतबारदेखि बेपत्ता भएकी बालिकाको खोजी गर्ने क्रममा खाल्डो खनेर पुरेको अवस्थामा अभिभावकले शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए। ‘छोरी हराएपछि हामी सबै जनाले खोजी गरिरहेका थियौँ,’ निशाका बुवा चन्द्र उराउले भने। उनले भर्खरै खनेजस्तो देखिने खाल्डोभित्र छोरीको शव भेटिएको बताए। ‘हिजो बेलुकासम्म खाल्डो थिएन। आज  बिहान भर्खर खनेको खाल्डो देखियो,’ उनले भने।

पानीमा डुबेको आशंकामा आइतबार र सोमबार बालिकाको खोजी भएको थियो। तर घरनजिकको पोखरी छेउमा खाल्डो खनेर पुरेको अवस्थामा शव भेटिएको हो। डीएसपी श्रेष्ठका अनुसार खाल्डोभित्र बालिकाको शव भेटिएपछि अनुसन्धानका लागि प्रहरीको विशेष टोली खटाइएको छ।

घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्का नेतृत्वको टोलीले उत्खनन् गरेर खाल्डोबाट शव बाहिर निकाल्दै पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पताल पठाएर घटनाको अनुसन्धान थालेको छ। डीएसपी श्रेष्ठलले बालिकाको हत्या हो वा हैनभन्ने बारेमा यकिन हुन बाँकी रहेको जानकारी दिए। उनका अनुसार खाल्डोबाट शव बाहिर निकाल्दा देव्रे आँखामा चोट देखिएको छ। वरपर निलडाम पनि छ। शरीरका अन्य भागमा देखिने खालको चोट नरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Dec 15, 2021| 06:33 बुधबार, मंसिर २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।