काठमाडौं- काठमाडौंको राष्ट्रिय सभागृहमा जारी नेपाली कांग्रेसको सभापति पदको मतगणनाको पछिल्लो परिणाम अनुसार शेरबहादुर देउवाले मतान्तर फराकिलो बनाउँदै लगेका छन्।
निर्वाचन समितिले दिएको पछिल्लो अपडेट अनुसार ४२ सय ७८ मत गणना हुँदा देउवाले २५ सय ५५ मत प्राप्त गरेका छन्। उनका प्रत्यासी शेखर कोइरालाले १६ सय ९३ मत ल्याएका छन्। अहिलेसम्म ३० मत बदर भएका छन्
नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मंगलबार सम्पन्न दोस्रो चरणको निर्वाचनअन्तर्गत सभापतिको मतगणाना भइरहेको हो।
पहिलो चरणमा सभापतिमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, शेखर कोइराला, प्रकाशमान सिंह र कल्याण गुरुङ उम्मेदवार थिए।
कूल मतको ५१ प्रतिशत मत कसैल ल्याउन नसकेपछि मंगलबार पुनः मतदान भएको हो।