शुक्रबार, कात्तिक २८, २०८२

बागमती प्रदेशमा मन्त्रालय फुटाएर मन्त्रिपरिषद् विस्तार

चार दलीय गठबन्धनको सरकार रहेको बागमती प्रदेशमा मन्त्रालय फुटाएर मन्त्रालयको भागबन्डा मिलाइएको छ।
 |  मंगलबार, मंसिर २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २८, २०७८

काठमाडौं– चार दलीय गठबन्धनको सरकार रहेको बागमती प्रदेशमा मन्त्रालय फुटाएर मन्त्रालयको भागबन्डा मिलाइएको छ। साविकका मन्त्रालय फुटाएर मन्त्रिपरिषद् विस्तार गरिएको हो। 

National life

मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मंगलबार ५ जना मन्त्री र एक जना राज्यमन्त्री थप गरेका छन्। सरकारको नेतृत्व गरिरहेको नेकपा एकीकृत समाजवादीबाट २ मन्त्री, एक राज्यमन्त्री र नेकपा माओवादी केन्द्रबाट ३ जना मन्त्री थप गरिएको हो।

माओवादी केन्द्रबाट घनश्याम दाहाललाई श्रम, रोजगार तथा यातायात मन्त्रीमा नियुक्त गरिएको छ। भौतिक पूर्वाधार मन्त्रालय फुटाएर श्रम, रोजगार तथा यातायात मन्त्रालय बनाइएको हो। उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाएर माओवादी केन्द्रका सांसद  विशाल खड्कालाई वन तथा वातावरण मन्त्रालयको जिम्मा दिइएको छ। 

सामाजिक विकास मन्त्रालय फुटाएर माओवादीकै रत्नप्रसाद ढकाललाई युवा तथा खेलकुद मन्त्री नियुक्त गरिएको छ। एकीकृत समाजवादीबाट खानेपानी उर्जा तथा सिँचाइ मन्त्रीमा बसन्तप्रसाद मानन्धरलाई नियुक्त गरिएको हो। कृषि तथा पशुपंक्षी मन्त्रीमा बसुन्धरा हुमागाईं र कृषि तथा पशुपंक्षी राज्यमन्त्रीमा इन्द्रमाया गुरुङलाई नियुक्त गरिएको छ। यसअघिको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई फुटाएर कृषि तथा पशुपंक्षी मन्त्रालय बनाइएको हो भने खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालय पनि नयाँ हो।

योसंँगै बागमतीमा मुख्यमन्त्रीसहित ११ मन्त्री र एक राज्यमन्त्रीको सरकार बनेको छ। नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीलाई मंगलबार साँझ प्रदेश प्रमुख यादवचन्द्र शर्माले सपथ ग्रहण गराका छन्। यसअघि पहिलो चरणमा कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेललाई भौतिक पूर्वाधार विकास मन्त्री बनाइएको छ भने माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तान सामाजिक विकास मन्त्रालय र एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद शर्मा खनाललाई आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त गरिसकिएको छ।

Laxmi sunrise bank
kumari

दोस्रो चरणमा मन्त्रिपरिषद् विस्तार हुँदा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेल आर्थिक मामिला र कांग्रेसबाट निमा लामाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको थियो। बागमतीमा मंसिर १५ गतेको मन्त्रिपरिषद्को निर्णयबाट ८ वटा मन्त्रालय फुटाएर चौध वटा बनाइएको थियो। 

प्रकाशित: Dec 14, 2021| 22:51 मंगलबार, मंसिर २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।