काठमाडौं- सरकारको स्वेच्छाचारीता र स्वतन्त्रविरोधी गतिविधिको विरोध गर्दै प्रदर्शन गर्ने शान्ति समाजका संस्थापक कृष्ण पहाडीलगातका अधिकारकर्मीहरुलार्इ प्रहरीले पक्राउ गरेको छ।
कम्युनिस्ट नेतृत्वको सरकारले संविधानविपरित जनताको स्वतन्त्रताको अधिकार कुण्ठित गर्न खोजेको भन्दै सिंहदरवार अगाडि धर्ना दिन गएका शान्ति समाजका संस्थापक कृष्ण पहाडी, डा.गंगाधर अधिकारी, उत्तम पुडासैनीलगायत ८ जना रहेको समाजका एक सदस्यले बताए।
पहाडीको नेतृत्वमा मंगलवार सिंहदरबारको दक्षिण गेटअगाडि धर्ना र प्रदर्शनको तयारी गर्दैगर्दा उनीहरूलाई गिरफ्तार गरिएको हो।
समाजले असार ३० गते शनिवार दिउँसो १ बजे प्रधानमन्त्री निवास वालुवाटार ३ नम्बर गेटअगाडि दोस्रो विरोध प्रदर्शन गर्ने जनाएको छ। यस्तै असार ३२ गते सोमबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनअगाडि प्रदर्शन गर्ने जनाइएको छ।
केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले आधारभूत स्वतन्त्रता र मानव अधिकार कुण्ठित हुने गरी कतिपय निर्णय गरेको भन्दै शान्ति समाजले आधारभूत स्वतन्त्रता र मानव अधिकार संरक्षणका लागि आन्दोलनमा उत्रिनु परेको जनाएको छ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४