मंगलबार, भदौ २, २०८३

चाँगुनारायण नगरपालिकामा अख्तियारको छापा

टोली बिहान ११ बजे नै नगरपालिकामा पुगेको र दिउँसो साढे ४ बजे निस्केको थियो। करिब ५ घण्टाको बसाईमा नगरपालिकाको शाखागत रुपमा कागजातहरू अख्तियारले नियन्त्रणमा लिएको छ।
 |  मंगलबार, मंसिर २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २८, २०७८

भक्तपुर- भक्तपुरको चाँगुनारायण नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले छापा मारेको छ। पालिकाको खरिद र भुक्तानीमा अनियमितता गरेको आरोप अख्तियारमा परेको थियो। सोही अनुरुप नगरपालिकामा टोलीले छापा मारेको हो। 

टोली बिहान ११ बजे नै नगरपालिकामा पुगेको र दिउँसो साढे ४ बजे निस्केको थियो। करिब ५ घण्टाको बसाईमा नगरपालिकाको शाखागत रुपमा कागजातहरू अख्तियारले नियन्त्रणमा लिएको छ। 

अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालका अनुसार पाँच लाखभन्दा बढीको खरिद र भुक्तानीमा अनियमितता भएकोले छापा मारिएको हो। सो विषयमा थप अनुसन्धान गर्न बाँकी रहेको उनले जनाए। 

टोली भोली पनि पुनः नगरपालिकामा कागजात अध्ययनको लागि आउने छ। यससँगै सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा पनि टोलीले छापा मारेको अख्तियारका प्रवक्ता रिसालले बताए।

प्रकाशित: Dec 14, 2021| 18:29 मंगलबार, मंसिर २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।