आइतबार, वैशाख ७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • बागमती : डेढ महिनामा तेस्रोपल्ट मन्त्रिपरिषद् विस्तार, पाँच मन्त्री थपिए

बागमती : डेढ महिनामा तेस्रोपल्ट मन्त्रिपरिषद् विस्तार, पाँच मन्त्री थपिए

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्।
 |  मंगलबार, मंसिर २८, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २८, २०७८

vianetvianet

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मंगलबार ५ मन्त्री र १ राज्यमन्त्री नियुक्त गरी मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

triton college

माओवादी केन्द्र का सांसदहरु घनश्याम दाहाललाई श्रम रोजगार तथा यातायात, विशाल खड्कालाई वन तथा वातावरण, रत्नप्रसाद ढकाल युवा तथा खेलकुदमन्त्री नियुक्त भएका छन्। 

एकीकृत समाजवादीका बसन्तकुमार मानन्धरलाई खानेपानी, ऊर्जा तथा सिँचाइ, बसुन्धरा हुमागाईंलाई कृषि तथा पशुपन्छीमन्त्री बनाइएको छ। कृषि तथा पशुपन्छी राज्यमन्त्रीमा नेकपा एसकी इन्द्रमाया गुरुङ नियुक्त भएकी सकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालले जानकारी दिए।

पाण्डेले पहिलो चरणमा कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल भौतिक पूर्वाधार, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तान सामाजिक विकास, एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद शर्मा खनाल आन्तरिक मामिलामन्त्री बनाएका थिए।

दोस्रो चरणमा माओवादी केन्द्र संसदीय दलका नेता सालिकराम जम्कट्टेल आर्थिक मामिला र कांग्रेस सांसद निमा लामाले स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालेका छन्। बागमतीमा ८ वटा मन्त्रालय फुटाएर १४ वटा मन्त्रालय बनाइएको छ। एकीकृत समाजवादी संसदीय दलका नेता पाण्डे कात्तिक ११ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

National life insurance

प्रकाशित: Dec 14, 2021| 17:35 मंगलबार, मंसिर २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।