मंगलबार, असार ३०, २०८३

सरकार राज्य आतंकमा उत्रियो : सिटौला

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले केपी ओली नेतृत्वको सरकार आफै राज्यआतंकमा उत्रिएको बताएका छन् ।

विभिन्न सञ्चारमाध्यमका सम्पादकसँगको मंगलबार भएको अनौपचारिक छलफलमा सिटौलाले भने ‘कानुन विपरित कार्य गर्न सरकार आफै लाग्नु भनेको स्टेट टेरोरिज्म हो । पिसफुल मुभमेण्टलाई रोक लगाउनु यसको ज्वलन्त उदाहारण हो ।’

वर्तमान नेपालको इतिहासमै सबैभन्दा बढी शक्तिशाली लोकतान्त्रिक सरकार भएकोले सबैभन्दा कम बल प्रयोग गर्नु पर्नेमा जोड दिए । 

‘यो सरकार लोकतान्त्रिक हो भने जति शक्तिशाली छ, त्यति नै कम बल प्रयोग गर्नुपर्छ’ सिटौलाले भने ‘गृहमन्त्रीले निर्माण व्यवसायीलाई थुन्छु भन्दै हिँड्नु र विश्वविद्यालयका उपकुलपतिलाई थुन्नुलाई लोकतान्त्रिक कदम र विधिको शासन मानिदैन ।’

उपकुलपति जो भएपनि उसलाई एयरपोर्टबाट नियन्त्रणमा लिनुलाई सभ्य समाजले पचाउन नसक्ने भन्दै सिटौलाले न्यायलयलाई समेत कमजोर बनाउने भूमिकामा सरकार लगेको आरोप लगाए । उनले भने ‘अख्तियारका प्रमुख आयुक्त होस वा प्रधानन्यायाधीश उनीहरुको बिरुद्ध महाभियोग प्रस्ताव ल्याउनाले त्यसको असर अहिले आउन थालेको बताए ।

‘स्वतन्त्र नेपाल, दिगो शान्ति, लोकतन्त्र र समृद्धिसहितको आर्थिक उन्नति र प्रगतिको बिषयमा कांग्रेसले सम्झौता गर्दैन’ सिटौलाले भने ।

पार्टी भित्रको आमुल परिवर्तन आफूहरुको चाहना भएको जनाउँदै सिटौलाले पार्टीको विगतको कमजोरीको आडमा अब फेरि त्यस्तो गल्ति दोहोर्‍याउन नचाहेको बताए । उनले भने ‘कांग्रेस विगतको गल्ति सच्याउँदै इतिहासको गौरवमय र राम्रो कार्यको अनुशरण गरेर अघि बढ्छ ।’

उनले संसदमा कांग्रेसको भूमिका प्रमुख प्रतिपक्षीको रुपमा नभएको भन्ने गुनासो सम्बोधन गर्न सभापति शेरबहादुर देउवासँग कुराकानी गर्ने बताए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।