शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विमला वलीलाई उनकै चाहनामा मुख्यमन्त्री निवासमा ल्याइएको हो : एमाले

विमला वलीलाई उनकै चाहनामा मुख्यमन्त्री निवासमा ल्याइएको हो : एमाले

नेकपा (एमाले) लुम्बिनी प्रदेशका प्रमुख सचेतक भूमिश्वर ढकालले सांसद विमला वलीलाई उनकै चाहनामा मुख्यमन्त्री निवासमा ल्याइएको दाबी गरेका छन्।
 |  बिहीबार, साउन २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २१, २०७८

बुटवल– नेकपा (एमाले) लुम्बिनी प्रदेशका प्रमुख सचेतक भूमिश्वर ढकालले सांसद विमला वलीलाई उनकै चाहनामा मुख्यमन्त्री निवासमा ल्याइएको दाबी गरेका छन्। 

मुख्यमन्त्री शंकर पोखरेलको निवासमा आफूलाई बन्धक बनाइएको भन्ने वलीको आरोप गलत भएको भन्दै एमाले संसदीय दलले आज बिहीबार  साँझ पत्रकार सम्मेलन गरेको थियो। पत्रकार सम्मेलनमा एमालेका प्रमुख सचेतक ढकालले प्रदेश सांसद वलीकै आग्रहमा मुख्यमन्त्रीसँग भेटघाटका लागि मुख्यमन्त्री निवासमा ल्याएको बताए। 

'विमलाजी एमाले भएको आज पनि हाम्रो दावी छ, उहाँ माओवादीमा गएको चर्चा चलेपछि स्पष्टीकरण सोधिएको थियो। म पत्र बोकेर विमलाजीको घरमा गएको हुँ,' प्रमुख सचेतक ढकालले भने, 'अध्यक्ष केपी ओलीको पत्र पढेपछि उहाँ आफैं मुख्यमन्त्रीसँग भेट्न इच्छा गरेकाले निवासमा सँगै आएको हो।' 

वलीले मुख्यमन्त्री निवासमा आफैं बस्न इच्छा गरेको समेत ढकालको दावी छ। उनले दाङकै सांसद सरस्वती गौतम पनि वलीसँगै रहेको बताए। उनले उपचारका सन्दर्भमा कुनै पनि कुरा नभएको बताए। यसअघि एमालेले भने सांसद वली एमालेको सम्पर्कमा रहेको र उपचारका लागि नेपालगञ्जमा रहेको बताएको थियो। तर, आजको पत्रकार सम्मेलनमा भने प्रमुख सचेतक ढकालले बिरामीको कुनै पनि कुरा नभएको दाबी गरे।

आजै दिउँसो सांसद वलीले नेकपा माओवादी संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरी तुलसीपुरबाट नेपालगञ्ज लैजाने भन्दै एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले मुख्यमन्त्री निवासमा ल्याएर बन्धक बनाएको बताएकी थिइन्। 


प्रकाशित: Aug 05, 2021| 18:01 बिहीबार, साउन २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...