मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देशभर बढ्यो चिसो, काठमाडौंको तापक्रम ४.३ डिग्रीमा झर्‍यो

देशभर बढ्यो चिसो, काठमाडौंको तापक्रम ४.३ डिग्रीमा झर्‍यो

काठमाडौंसहित मुलुकभर चिसो बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार राति र बिहानपख तापक्रम घट्न थालेको हो।
 |  मंगलबार, मंसिर २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २८, २०७८

काठमाडौं- काठमाडौंसहित मुलुकभर चिसो बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार राति र बिहानपख तापक्रम घट्न थालेको हो।

काठमाडौं उपत्यकामा दिउँसोपख घाम लागे पनि साँझबिहान चिसो हुने गरेको छ। पछिल्लो २४ घन्टामा काठमाडौंको तापक्रम ४.३ डिग्री सेल्सियसमा झरेको छ। त्यसअघिल्लो दिन काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री थियो। अधितम तापक्रम पनि घटेर १९.८ डिग्रीमा सीमित भएको छ।

सबैभन्दा कम तापक्रम जुम्लाको रहेको छ। महाशाखाका अनुसार जुम्लामा न्यूनतम तापक्रम ४.६ डिग्री हुँदा अधिकतम १५ डिग्री रहेको छ।

तराईका जिल्लामा पनि तापक्रम घट्न थालेको छ। बिहान हुस्सु लाग्न थालेपछि तराईको जनजीवन प्रभावित बनेको हो। भैरहवाको न्यूनतम तापक्रम ९ डिग्री छ भने धनगढीको तापक्रम पनि ९.५ डिग्रीमा झरेको छ। मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ।

दिउँसो लुम्बिनी, गण्डकी र बागमतीमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। राति प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

प्रकाशित: Dec 14, 2021| 07:00 मंगलबार, मंसिर २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।