मंगलबार, भदौ २, २०८३

बालिका करणी आरोपमा ६२ वर्षीय वृद्ध पक्राउ

पीडकले बालिकालाई घरैमा बोलाएर यौनजन्य क्रियाकलाप गरेको प्रहरीले बताएको छ। बालिकाको आमा दिएको जाहेरीको आधारमा ती व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको हो।
 |  सोमबार, मंसिर २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २७, २०७८

इलाम- वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले इलामको फाकफोकथुम-४ का ६२ वर्षीय एक वृद्धलाई पक्राउ गरेको छ। 

भतिजी नाता पर्ने बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा जिल्ला अदालतबाट सात दिन म्याद थप गरेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक गंगा थापाले जानकारी दिए। 

पीडकले बालिकालाई घरैमा बोलाएर यौनजन्य क्रियाकलाप गरेको प्रहरीले बताएको छ। बालिकाको आमा दिएको जाहेरीको आधारमा ती व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको हो।

पीडित र पीडकबीच हाडनाता पर्ने भएकाले प्रहरीले पीडकको विस्तृत जानकारी सार्वजनिक गरेको छैन। पीडकले छिमेकमा रहेकी बालिकालाई घरैमा बोलाएर ललाइफकाइ यौनजन्य क्रियाकलाप गरेको प्रहरीले बताएको छ। ‘पीडकको यौनजन्य क्रियाकलाप जबरजस्ती करणीको भाषा भित्र पर्छ’, प्रहरी नायब उपरीक्षक थापाले भने।

प्रकाशित: Dec 13, 2021| 21:30 सोमबार, मंसिर २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।