मंगलबार, भदौ २, २०८३

सडकमा धुलो उडेपछि स्थानीयले गरे सडक अवरुद्ध

सडक निर्माणमा ढिलाइ हुँदा अत्याधिक धुलो उडेको भन्दै झापा-६ स्थित शरणामतीका स्थानीयले सडक अवरुद्ध गरेर विरोध जनाएका हुन्।
 |  सोमबार, मंसिर २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २७, २०७८

झापा- निर्माण कम्पनीले सडक निर्माणमा ढिलाई गरेको भन्दै कनकाई नगरपालिका र झापा गाउँपालिका जोड्ने अमरपथ मार्ग स्थानीयले अवरुद्ध गरेका छन्।

सडक निर्माणमा ढिलाइ हुँदा अत्याधिक धुलो उडेको भन्दै झापा-६ स्थित शरणामतीका स्थानीयले सडक अवरुद्ध गरेर विरोध जनाएका हुन्।

यो सडक प्रदेश सरकारको बजेटमा निर्माण भइरहेको छ। पूर्वाधार विकास कार्यालय झापाले ५७ करोड रुपैयाँमा चुवी-रोषन-मैनाचुली जेभीलाई ठेक्का दिएको थियो। 

२०७६ भदौमा चार वर्षमा काम सक्ने गरी यो सडक निर्माणको ठेक्का लागेको थियो। उक्त निर्माण कम्पनीले अर्कै निर्माण व्यवसायीलाई पेटी ठेक्का दिएपछि निर्माणमा ढिलाइ भएको स्थानीयको बुझाइ छ। सडकको उत्तरी भाग अर्थात् कनकाई नगरपालिकातर्फ धामधम काम भएको तर झापातर्फ कामै नभएको भन्दै स्थानीयले विरोध स्वरूप सडक बन्द गर्नुपरेको स्थानीय लोकबहादुर कार्कीले बताए।

‘हामीले सबै दिन धुलो खानुपर्ने? हामीलाई किन ढाँट्नु,’ उनले भने, ‘काम गरेनन्। त्यही भएर हामीले सडक अवरुद्ध गरेका हौँ।’ स्थानीयले वडाकार्यालयमा निवेदन दिँदा पनि बेवास्ता गरेका कारण सडक अवरुद्ध गर्नुपरेको उनी बताउँछन्।

स्थानीयले सडकमा ढाट लगाएर सडक अवरुद्ध गरेका छन्। जसका कारण झापा गाउँपालिका जाने ठूला सवारी बाटोमा लामवद्ध भएका छन्। 

आइतबारबाट गरिएको यो आन्दोलनले राष्ट्रिय राजमार्ग हुलाकी राजमार्गको निर्माण कार्यमा समेत असर परेको छ। स्थानीयको अवरोधका कारण हुलाकी राजमार्ग निर्माणको सामग्री लिएर गएका ट्रिपर पनि बाटोमा रोकिएका छन्।

स्थानीयले निर्माण सामग्री ढुवानीको हकमा सोमबार दिनभरको अवस्था हेर्ने र वार्ता भएर सकारात्मक भएमा मात्र सवारी चल्न दिने बताएका छन्। स्थानीयको पहलमा सोमबार वडाध्यक्षसहित बसेको छलफलले वडाध्यक्षलाई वार्ताको पहल गर्न आग्रह गरेका छन्।

झापा गाउँपालिका-६ का वडाध्यक्ष हरिबहादुर बानियाँले जनताको जनताले गरेको आन्दोलनबारे सम्बन्धित निकायमा जानकारी गराएको बताए। तर, सम्बिन्धत निकायबाट माग सम्बोधनमा ध्यान नदिइएको उनले बताए। स्थानीयले केही दिनअघि दिएको ज्ञापनपत्र सबै ठाउँमा पठाउँदा पनि बेवास्ता गरेका कारण यो अवस्था आएको उनको भनाइ छ। -न्युजकारखाना

प्रकाशित: Dec 13, 2021| 12:48 सोमबार, मंसिर २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।