आइतबार, असोज १८, २०८३

महाकवि देवकोटाले १९९० सालमा किनेको घर भत्काइयो

महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीमा रहेको घर भत्काउन सुरु गरिएको छ। देवकोटाको घर सरकारले किनेर नेपाल प्रज्ञा प्रतिष्ठानले संग्रहालय बनाउन लागेको हो।
 |  बिहीबार, साउन २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २१, २०७८

काठमाडौं– महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीमा रहेको घर भत्काउन सुरु गरिएको छ। देवकोटाको घर सरकारले किनेर नेपाल प्रज्ञा प्रतिष्ठानले संग्रहालय बनाउन लागेको हो। 

संग्रहालय बनाउनका निम्ति देवकोटाको सो घर भत्काइएको छ। महाकवि देवकोटाकी छोरी अम्बिकादेवी रिमालले प्रज्ञा प्रतिष्ठानले राम्रो काम गर्नकै लागि घर भत्काएको होला भन्ने विश्वास रहेको प्रतिक्रिया दिइन्। 

उनले भनिन्, 'एकेडेमीमा सबै बुदि्धजिवी व्यक्तिहरु बस्नुहुन्छ। सबै पढेलेखेको बुदि्धजिवी बस्नुहुन्छ। उहाँहरुको तजबिजले राम्रै गर्नुहुन्छ भन्ने आशामा छु। उहाँहरु जे गर्नुहुन्छ राम्रै गर्नुहुन्छ भन्ने मलाई लागेको छ।'

महाकवि देवकोटाको घर सरकारले २ करोड ५० लाख रुपैयाँमा किनेको हो। देवकोटाले सो घर वि.सं. १९९० सालतिर किनेको बताइएको छ।


प्रकाशित: Aug 05, 2021| 17:46 बिहीबार, साउन २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।