मंगलबार, भदौ २, २०८३

लागूऔषध कारोबारी दुई भारतीय नागरिक पक्राउ

सुदूरपश्चिममा लागूऔषधको अवैध कारोबार गर्ने दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
 |  सोमबार, मंसिर २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २७, २०७८

बेलौरी- सुदूरपश्चिममा लागूऔषधको अवैध कारोबार गर्ने दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख कमल कुमार खड्का नेतृत्वको टोलीले आइतबार साँझ ६ बजे बेलौरी नगरपालिका-६, नकैया नाकाबाट दुई जना भारतीय नागरिकलाई खैरो हिरोइनसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा जिल्ला पिलिभित तहसिल पुरनपुर थाना हजारा ग्राम बजार घाट बस्ने १९ वर्षीय राम सिंह र उध्दमसिंह नगर थाना नानक मत्ता ग्राम ज्ञानपुर बस्ने २३ वर्षीय धरमवीर सिंह रहेका छन्। 

पक्राउ परेका दुबै जनाबाट १० ग्राम ४२ मिलिग्राम खैरो हिरोइन बरामद गरेको प्रमुख प्रहरी निरीक्षक खड्काले बताए। उनीहरूलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Dec 13, 2021| 07:15 सोमबार, मंसिर २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।