आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमाले केन्द्रीय सदस्यमा दुर्गा प्रसाईदेखि लालबाबु पण्डितसम्म मनोनीत

एमाले केन्द्रीय सदस्यमा दुर्गा प्रसाईदेखि लालबाबु पण्डितसम्म मनोनीत

आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले विधानअनुसार १० प्रतिशत केन्द्रीय कमिटी सदस्य मनोनयनका लागि ४४ जना नेताको नाम प्रस्ताव गरेका थिए।
 |  मंगलबार, कात्तिक १४, २०७४

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १४, २०७४

काठमाडौं- एमालेले ४४ जना केन्द्रीय सदस्य मनोनीत गरेको छ। आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले विधानअनुसार १० प्रतिशत केन्द्रीय कमिटी सदस्य मनोनयनका लागि ४४ जना नेताको नाम प्रस्ताव गरेका थिए। सबैलाई केन्द्रीय कमिटी बैठकले मनोनीत गरेको हो।

विधानअनुसार खुला २०, महिला १५ जना र पार्टी एकताको प्रक्रियाबाट नौ जना मनोनीत गरिएको एमालेले जानकारी दिएको छ।

मनोनीत हुनेमा एमालेका प्रमुख सचेतक विशाल भट्टराई, लालबाबु पण्डित, दुर्गा प्रसाईदेखि विद्यार्थी नेता ऐन महरसम्म छन्। प्रसाई मेडिकल व्यवसायी हुन्। उनी माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका थिए। पण्डित पदाधिकारीमा नाम नपरेपछि एमालेको महाधिवेशन नै छाडेर हिँडेका थिए। विगतमा उनी एमालेमा माधवकुमार नेपाल निकट थिए।

पुरुषतर्फ : दल फडेरा, ऐन महर, मानवीर राई, चन्द्रमोहन गौचन, रतनाथ योगी, रमेश पौडेल, पदम गिरी, सूर्य पाठक, यज्ञ बोगटी, हरि घिमिरे, युवराज बास्तोला, विशाल भट्टराई, उद्धव रेग्मी, बद्री न्यौपाने, रुपनारायण श्रेष्ठ, प्रेम दंगाल, हरिकृष्ण व्यञ्जनकार, भीम केसी, लालबाबु पण्डित, सुभास देवकोटा, चुडादेव सिंह, रेशम लामा, दुर्गा प्रसाई, गोविन्द दुवाल, सहदेव बोगटी, बालसिंह काउछा, कृष्ण केसी, चन्द्रबहादुर विक, विषमलाल अधिकारी रहेका छन्।

महिलातर्फ : इन्दिरादेवी गौतम, सरस्वति चौधरी, यमुना रोका, उमा कोइराला, कल्पना चापागाई, आशा विक, नैनकला ओझा, मन्जु गुरुङ, विमला अर्याल, इन्दिरा सन्जाल, शान्ति अधिकारी, रुक्मीणि राठा, सरस्वति यादव, तारादेवी गुरुङ, गीता कार्की रहेका छन्। 

प्रकाशित: Oct 31, 2017| 12:12 मंगलबार, कात्तिक १४, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...