काठमाडौं– नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा उम्मेदवारी दिएका एक सभापति र एक महामन्त्रीसहित ५७ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
उम्मेदवारी फिर्ता लिनेमा सभापतिका उम्मेदवार युवराज न्यौपाने र सहमहामन्त्रीका उम्मेदवार सुरेन्द्रप्रसाद चौधरीलगायत छन्।
मिडिया सेन्टरका संयोजक सुरेश आचार्यका अनुसार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्यका लागि मनोनयन दर्ता गराएका ५५ जनाले पनि उम्मेदवारी फिर्ता लिएका छन्।
केन्द्रीय सदस्यमा उम्मेदवारी फिर्ता लिनेमा मीनबहादुर विश्वकर्मा, तिलक प्रसाद सुब्बा, राजेन्द्र बहादुर गोर्खाली लगायत छन्।