बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस महाधिवेशन : सभापति, सहमहामन्त्रीसहित ५७ जनाले फिर्ता लिए उम्मेदवारी [सूचीसहित]

कांग्रेस महाधिवेशन : सभापति, सहमहामन्त्रीसहित ५७ जनाले फिर्ता लिए उम्मेदवारी [सूचीसहित]

एक सय ३४ केन्द्रीय कमिटीका लागि शनिबार भएको मनोनयन दर्ताका क्रममा पाँच सय ४८ जनाले उम्मेदवारी दिएका थिए।
 |  आइतबार, मंसिर २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २६, २०७८

काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले उम्मेदवारी फिर्ता लिने समय सकिएकाे छ। थप गरिएको समय दिउँसो १ बजेसम्म पदाधिकारीसहित ५७ जनाले मनोनयन फिर्ता लिएकाे निर्वाचन समितिले जनाएकाे छ।

एक सय ३४ केन्द्रीय कमिटीका लागि शनिबार भएको मनोनयन दर्ताका क्रममा पाँच सय ४८ जनाले उम्मेदवारी दिएका थिए। जसमध्ये आइतबार दिउँसो सभापतिका प्रत्यासी युवराज न्यौपाने, सहमहामन्त्रीका प्रत्यासी (थारुतर्फ) सुरेन्द्रप्रसाद चौधरीले मनोनयन फिर्ता लिएका छन्।

चौधरीले संस्थापन पक्षबाट उम्मेदवारी दिएका थिए। तर, संस्थापनको प्यानलमा बाराका उमाकान्त चौधरीले मनोनयन दर्ता गरेकाले सभापति शेरबहादुर देउवाको आग्रहमा सुरेन्द्रले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्। उमाकान्त कृष्णप्रसाद सिटौला पक्षबाट सहमहामन्त्रीको उम्मेदवार बनेका हुन्।

पदाधिकारीबाहेक ५५ जना केन्द्रीय सदस्यका प्रत्यासीले उम्मेदवारी फिर्ता लिएका छन्। कांग्रेसमा खुला, आरक्षित, महिला, दलित, मुसलमान, पिछडिएको क्लस्टरतर्फका ५५ केन्द्रीय सदस्यका उम्मेदवारले मनोनयन फिर्ता लिएका हुन्। 

प्रकाशित: Dec 12, 2021| 14:00 आइतबार, मंसिर २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...