बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस महाधिवेशन : मतदानलगत्तै गणना हुने, सबैभन्दा पहिले सभापतिको

कांग्रेस महाधिवेशन : मतदानलगत्तै गणना हुने, सबैभन्दा पहिले सभापतिको

नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशन अन्तर्गत निर्वाचनको कार्यक्रम भइरहेको छ।
 |  आइतबार, मंसिर २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २६, २०७८

काठमाडौं– नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशन अन्तर्गत निर्वाचनको कार्यक्रम भइरहेको छ। नयाँ नेतृत्व, पदाधिकारी र केन्द्रीय समिति छान्न भोलि सोमबार बिहान ८ बजेदेखि मतदान हुने तय भएको छ।

सभापति पदका लागि ५ जना मैदानमा छन्। गोरखाका युवराज न्यौपानेले शेखर कोइराला समूहलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि मैदानमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधि छन्। 

कांग्रेसले भृकुटीमण्डप, राष्ट्रिय सभागृह र नेपाल पुलिस क्लबमा मतदानस्थल तोकेको छ। कागजकै मतपत्र बनाइएको छ भने मत खसाल्ने बाकसका रूपमा पानी ट्यांकीको प्रयोग गरिने भएको छ। मतदाताको रुपमा ४७ सय ४३ जना महाधिवेशन प्रतिनिधि छन्। एक महाधिवेशन प्रतिनिधिले २९ वटा मतपत्रमा मतदान गर्नुपर्ने भएकाले करिब एक घन्टासम्म मत खसाल्न समय लाग्ने अनुमान छ। मत खसाल्ने ठाउँ २९ वटा राखिएको छ।

मतदान सकिएलगत्तै मतगणना गरिने तय भएको छ। सबैभन्दा पहिले सभापति पदका लागि मतगणना हुनेछ। सभापतिको मतगणना राष्ट्रिय सभा गृहमै गरिनेछ भने अन्य पदको मतगणना भने पार्टी कार्यालयमै गर्ने गरी व्यवस्था मिलाइएको छ।

उम्मेदवारमध्ये ५० प्रतिशतभन्दा बढी कसैको पनि आएन भने फेरि मतदान प्रक्रिया गर्नुपर्ने हुन्छ। कांग्रेस सभापति पदमा दुई जनाभन्दा बढी उम्मेदवार भएमा ५० प्रतिशतभन्दा बढी मत ल्याउनेले मात्रै सभापति जित्ने व्यवस्था छ। 

०७२ सालमा भएको १३ औं महाधिवेशनमा पनि शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला कसैले पनि पहिलो चरणमा ५१ प्रतिशत मत नल्याएपछि दोस्रो चरणमा मतदान भएको थियो।

प्रकाशित: Dec 12, 2021| 13:51 आइतबार, मंसिर २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...