बिहीबार, भदौ ४, २०८३

सहमहामन्त्रीका उम्मेदवार चौधरी पछि हटे

थारु कोटाबाट कांग्रेस सहमहामन्त्रीका लागि उम्मेदवारी दिएका सुरेन्द्र चौधरीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
 |  आइतबार, मंसिर २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २६, २०७८

काठमाडौं– थारु कोटाबाट कांग्रेस सहमहामन्त्रीका लागि उम्मेदवारी दिएका सुरेन्द्र चौधरीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। संस्थापन (देउवा) पक्षीय चौधरीले बागी उम्मेदवारी दर्ता गराएकोमा अन्तिम समयमा आएर फिर्ता लिएका हुन्।

देउवा प्यानलबाट कृष्ण प्रसाद सिटौला समूहका उमाकान्त चौधरीलाई सहमहामन्त्रीको उम्मेदवार बनाइएपछि उनले बागी उम्मेदवारी दिएका थिए। 

अब थारुतर्फको सहमहामन्त्री पदमा उमाकान्त चौधरी र तेजुलाल चौधरीबीच प्रतिस्पर्धा हुने भएको छ।

उता, सभापतिमा उम्मेदवारी दिएका युवराज न्यौपानेले पनि शेखर कोइरालाको टिमलाई समर्थन गर्नेगरी उम्मेदवारी फिर्ता लिएका छन्। 

प्रकाशित: Dec 12, 2021| 13:02 आइतबार, मंसिर २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...