काठमाडौं– नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारी दिएका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन्। डा. शेखर कोइरालाको प्यानललाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको उनले बताए।
४० वर्षीय न्यौपाने चीनमा रहेर व्यापार गर्दै आएका थिए। गोरखाको आरुघाट घर भएका उनी नेपाली कांग्रेस जनसम्पर्क समिति चीनको संस्थापक महामन्त्रीसमेत हुन्।
न्यौपानेले उम्मेदवारी फिर्ता लिएपछि सभापतिका लागि पाँच जनाबीच प्रतिस्पर्धा हुने भएको छ। शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधि प्यानलसहित प्रतिस्पर्धामा छन् भने कल्याण गुरुङले सभापतिमा एकल उम्मेदवारी दिएका छन्।