बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस महाधिवेशन : यी हुन् कर्णालीबाट उम्मेदवारी दिने पदाधिकारी तथा केन्द्रीय सदस्य

कांग्रेस महाधिवेशन : यी हुन् कर्णालीबाट उम्मेदवारी दिने पदाधिकारी तथा केन्द्रीय सदस्य

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको टिमबाट उपसभापतिमा पूर्णबहादुर खड्का र दुर्गम तथा पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले उम्मेदवारी दिएका छन्।
 |  आइतबार, मंसिर २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २६, २०७८

सुर्खेत- कांग्रेसको १४ औं महाधिवेशनमा कर्णाली प्रदेशबाट १५ जनाले पदाधिकारी तथा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्। प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको टिमबाट उपसभापतिमा पूर्णबहादुर खड्का र दुर्गम तथा पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले उम्मेदवारी दिएका छन्। 

त्यस्तै, खुला केन्द्रीय सदस्यमा हर्षबहादुर बम र हस्तबहादुर मल्ल उम्मेदवारी दिएका छन्। महिला खुला केन्द्रीय सदस्यमा रंगमति शाहीले उम्मेदवारी दिएकी छन्।

कर्णाली प्रदेशबाट नारायणप्रसाद भट्टराई, हृदयराम थानी, राजीवविक्रम शाह, दिनबन्धु श्रेष्ठ र कर्णबहादुर बुढा उम्मेदवारी दिएका छन्। कर्णाली प्रदेशबाट महिला केन्द्रीय सदस्यमा जानकी सिंह र मैना कार्की रावलले उम्मेदवारी दिएकी छन्।

खस आर्य महिला केन्द्रीय सदस्यमा भावना शाही र कान्तिका सेजुवाल उम्मदवारी दिएकी छन्। खुला पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्यमा दीपकजंग शाहीले उम्मेदवारी दिएका छन्। 


प्रकाशित: Dec 12, 2021| 11:19 आइतबार, मंसिर २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...