बिहीबार, भदौ ४, २०८३

उम्मेदवारी फिर्ता लिने समय डेढ घण्टा थपियो

नेपाली कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत आज बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ताको लागि समय तोकिएकोमा यो समय बढाएर साढे १२ सम्म लम्ब्याइएको छ।
 |  आइतबार, मंसिर २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २६, २०७८

काठमाडौं- नेपाली कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत आज बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ताको लागि समय तोकिएकोमा यो समय बढाएर साढे १२ सम्म लम्ब्याइएको छ। 

कांग्रेस निर्वाचन समितिका अनुसार त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। समितिले शनिबार राति उम्मेदवारको प्रथम नामावली प्रकाशन गरिसकेको छ। जसअनुसार १३४ पदका लागि ५४८ जनाको उम्मेदवारी परेको छ। सभापतिमा मात्र ६ जनाको उम्मेदवारी परेको छ। चार जना प्यानललसहित चुनावी मैदानमा छन्।

क्रम अनुसार सभापतिका लागि कल्याणकुमार गुरुङ, युवराज न्यौपाने, प्रकाशमान सिंह, डा शेखरप्रसाद कोइराला, विमलेन्द्र निधि र शेरबहादुर देउवालो उम्मेवादरी दर्ता गराएको समितिले जानकारी दिएको छ। 


प्रकाशित: Dec 12, 2021| 11:08 आइतबार, मंसिर २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...