मंगलबार, भदौ २, २०८३

नाछिरिङ समुदायको मुन्धुम घर निर्माण सुरु

गोकर्णेश्वर नगरपालिका-४ उत्तरगया/उत्तरवाहिनीमा साढे तीन तलाको रिदुम खिम (मुन्धुम घर) निर्माण सुरु गरिएको हो।
 |  आइतबार, मंसिर २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २६, २०७८

काठमाडौं- काठमाडौंमा किराँत रदु नाछिरिङ साखाम केन्द्रको रिदुम खिम (मुन्धुम घर) निर्माण सुरु गरिएको छ। गोकर्णेश्वर नगरपालिका-४ उत्तरगया/उत्तरवाहिनीमा साढे तीन तलाको रिदुम खिम (मुन्धुम घर) निर्माण सुरु गरिएको हो।

दुई करोड २८ लाख ५४ हजार ९२५ को लागतमा निर्माण हुने  गरी काम थालिएको हो।  ८२ लाख ९७ हजार ९२५ रुपैयाँमा ६ आना जग्गा खरिद गरेर रिदुम खिम निर्माणको काम सुरु गरिएको हो। चालु आर्थिक वर्षभित्र एक तला फिनिसिङ गरिने किराँत रदु नाछिरिङ साखाम केन्द्रका महासचिव गान्धिव किरातीले बताए। 

पूर्वी नेपालमा बसोबास गर्ने नाछिरिङ समुदायले आफ्नो सामुदायिक हित, भाषा, संस्कार, संस्कृति, विकास, संरक्षण एवं प्रवर्द्धनका लागि रिदुम खिम निर्माण सुरु गरेको हो। चन्दा तथा सहयोग जुटाएर दुई वर्षभित्र रिदुम खिम निर्माण कार्य सम्पन्न  गरिने केन्द्रले जनाएको छ।

प्रकाशित: Dec 12, 2021| 10:41 आइतबार, मंसिर २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।