मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धनकुटामा बलात्कार र घरेलु हिंसाका घटनामा दोब्बरले वृद्धि

धनकुटामा बलात्कार र घरेलु हिंसाका घटनामा दोब्बरले वृद्धि

धनकुटामा मानव अधिकार उल्लंघनका घटना वृद्धि हुँदै गएको पाइएको छ। गत वर्षको तुलनामा यो वर्ष करिब दोब्बरको संख्यामा मानब अधिकार उल्लंघनका घटना भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को तथ्यङ्कले देखाएको छ।
 |  आइतबार, मंसिर २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २६, २०७८

धनकुटा- धनकुटामा मानव अधिकार उल्लंघनका घटना वृद्धि हुँदै गएको पाइएको छ। गत वर्षको तुलनामा यो वर्ष करिब दोब्बरको संख्यामा मानब अधिकार उल्लंघनका घटना भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को तथ्यङ्कले देखाएको छ।

गतवर्ष ३० वटा मानवअधिकार उल्लंघनका घटना भएकोमा यसवर्ष २७ वटा मानवअधिकार उल्लंघनका घटना बढेर ५७ पुगेको हो। इन्सेकले नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ का लागि शनिबार धनकुटामा गरेको वार्षिक पूर्वसमीक्षा कार्यक्रममा २०७७ पुसदेखि हालसम्म जिल्लामा ५७ वटा मानवअधिकार उल्लंघनका घटना भएको जानकारी दिइएको हो।

इन्सेकको तथ्याङ्कअनुसार विगत एकवर्षको अवधिमा  दुई जनाको हत्या, एक जनामाथि कुटपिट, ३२ महिला माथि घरेलु हिंसा र २२ जना महिला तथा बालिका बलात्कृत भएको इन्सेक प्रतिनिधि ईश्वर थापाले जानकारी दिए। 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका इनिक्स्पेक्टर कासीराम रेग्मी, गैर सरकारी संस्था महासंघका अध्यक्ष मिन सुवेदी, इन्सेकका पूर्वअध्यक्ष निलबहादुर थापा, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई र बार एसोसियसनका प्रतिनिधि ठगिनकुमार राई लगायतले मानवअधिकारका घटानाको समीक्षा गर्दै यस्ता घटना न्यूनीकरणमा सबैले भूमिका खेल्नु पर्नेमा जोड दिए।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, गैरसरकारी संस्था महासंघ, सशत्र प्रहरी बल छिन्ताङ गुल्म र वन उपभोक्ता महासंघका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। - न्युज कारखाना

प्रकाशित: Dec 12, 2021| 08:30 आइतबार, मंसिर २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।