मंगलबार, भदौ २, २०८३

लागूऔषधसहित एक जना पक्राउ

कञ्चनपुर प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।
 |  आइतबार, मंसिर २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २६, २०७८

कञ्चनपुर- कञ्चनपुर प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत बिओपि थापाचोकबाट खटीएको सीमा गस्ती टोलीले लागूऔषधसहित एक जना पक्राउ गरेको हो। 

पुनर्वास नगरपालिका-४ कार्गिलडाँडास्थित सीमा क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेका पुनर्वास नगरपालिका-५ 'ग' गाउँ बस्ने अन्दाजी २३ वर्षीया आकाश ओडलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

चेक जाँच गर्ने क्रममा उनको साथबाट लागूऔषध नेट्राभेट १० ट्याब्लेट ८९ पीस, एक थान मोबाइल र ३२० नेपाली रुपैयाँ बरामद भएको प्रहरीको भनाइ छ। कारबाहीका लागि उनलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाएको प्रहरीले जनाएको छ।

प्रकाशित: Dec 12, 2021| 06:53 आइतबार, मंसिर २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।