मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जन्ती बोकेको बस दुर्घटना : चालकको मृत्यु, आठ जना गम्भीर घाइते

जन्ती बोकेको बस दुर्घटना : चालकको मृत्यु, आठ जना गम्भीर घाइते

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-४, बिञ्जेलमा विवाहको बस दुर्घटना हुँदा बस चालकको मृत्यु भएको छ।
 |  आइतबार, मंसिर २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २६, २०७८

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-४, बिञ्जेलमा विवाहको बस दुर्घटना हुँदा बस चालकको मृत्यु भएको छ।

जन्ती बोकेको बा २ ख ५६१४ नम्बरको बस शनिबार राति दुर्घटना हुँदा चालक बलेफी-६ बदर्पाका राजु तामाङको घटनास्थलमा मृत्यु भएको  प्रहरीले जनाएको छ।

दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन्। अन्य सामान्य घाइते भएका छन्।  घाइतेलाई उपचारको लागि सिन्धु सदावहार अस्पताल खाडिचौर र धुलिखेल अस्पताल लगिएको छ। 

बसमा ३० जना सवार रहेको अनुमान गरिएको छ। घाइतको सनाखत हुन बाँकी  छ।

बलेफी-५ का स्थानीय सन्तोष भुजेलको बिवाहको जन्ती लिएर काभ्रेको भुम्लु जान लागेको बस राति ९ बजे दुर्घटनामा परेको हो।

प्रकाशित: Dec 12, 2021| 06:31 आइतबार, मंसिर २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।