बिहीबार, भदौ ४, २०८३

अबको चुनावमा बहुमत ल्याउन मेरो उम्मेदवारी : निधि

निधिले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानको सफल कार्यान्वयन गर्न कांग्रेसले भूमिका निर्वाह गर्नुपर्ने भएकोले त्यसको नेतृत्वमा आफूले दाबी गर्नुपरेको बताएका हुन्।
 |  शनिबार, मंसिर २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २५, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आगामी निर्वाचनमा पार्टीको बहुमत ल्याउन आफूले सभापतिमा उम्मेदवारी दिएको बताएका छन्। 

निधिले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानको सफल कार्यान्वयन गर्न कांग्रेसले भूमिका निर्वाह गर्नुपर्ने भएकोले त्यसको नेतृत्वमा आफूले दाबी गर्नुपरेको बताएका हुन्। 

पार्टीको जारी १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएपछि उनले भने, ‘आगामी निर्वाचनमा नेपाली कांग्रेसको सरकार बनोस । एकमना सरकार बनोस्। र संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जुन हामीले ल्याएका छौं। त्यो प्रणालीको सफल कार्यान्वयन गराउनु आजको आवश्यक्ता हो। नेपाली काँग्रेसको माध्यामबाट संघीय लोकतान्त्रिक गणतन्त्रको शासन व्यवस्था र हामीले बनाएको संविधानको सफल कार्यान्वयन गर्नका लागि नेपाली जनतालाई अपिल गर्न चाहन्छु कि कांग्रेसलाई आगामी निर्वाचनमा बहुमत दिनुहोस्।’

निधिले सबै राजनीतिक दल र नेताहरुले संघीय लोकतान्त्रिक गणतन्त्रको शासन व्यवस्था बिर्सिन लागेको आरोपसमेत लगाएका थिए। 

प्रकाशित: Dec 11, 2021| 19:16 शनिबार, मंसिर २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...