काठमाडौं- नेपाली कांग्रेसको सभापतिका लागि उम्मेदवारी दर्ता गराएका नेता शेखर कोइरालाले युवाको जोस र पाकाको होसले पार्टीलाई अघि बढाउने बताएका छन्। समापतिमा उम्मेदवारी दर्ता गराएपछि नेता कोइरालाले यस्तो बताएका हुन्।
उनले पार्टी र देशलाई बेहाल अवस्थाबाट मुक्त गराउनका लागि पनि आफूले उम्मेदवारी दिएको बताए।
पार्टीको जारी १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएपछि नेता कोइरालाले आफ्नो सभापतिसहितको प्यानल विजयी हुने र पार्टीलाई नयाँ सोच, विचार र कार्यक्रममा साथ अघि बढाउने बताएका थिए।
५१ प्रतिशतभन्दा बढी युवा महाधिवेशनको प्रतिनिधि भएकाले पहिलो चरणको निर्वाचनबाटै आफूहरुको प्यानल विजयी हुने उनको भनाई थियो।
‘देशको अवस्था बेहाल छ । पार्टीको अवस्था लथालिंग छ । नयाँ सोच, विचार र कार्यक्रम लिएर अघि बढछौं । युवाहरुको जोश र पाकाहरुको होसले पार्टीलाई अगाडि बढाउँछौं । आफूले युवाहरुसहितको प्यानल बनाएको र महाधिवेशनमा ५१ प्रतिशतभन्दा बढि प्रतिनिधिहरु युवा भएकाले हाम्रै प्यानल विजयी हुनेछ,’ कोइरालाले भने।