काठमाडौं- नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला पार्टी सभापतिका आकांक्षी प्रकाशमान सिंहको प्यानलबाट उपाध्यक्षमा चुनाव लड्ने भएकी छन्।
पार्टी बदल्ने नेता सिंहनै लागेकाले १४औं महाधिवेशनमा आफूले सिंहलाई रोजेको उनले बताएकी छन्। 'सभापतिमा मेरै दाबी थियो। तर, धेरै आकांक्षी भए। मलाई पार्टी बदल्ने नेता प्रकाशमान लाग्यो। मलाई उपसभापतिमा उभ्याएकोमा धन्यवाद,' उनले भनेकी छन्।
उनले प्रकाशमानलाई गणेशमानको छोरा मात्र नभएर संघर्षले बनाएको नेता भएको बताएकी छन्। उनले सबै महाधिवेशन प्रतिनिधिलाई आफूहरूलाई मतदान गरेर विजयी गराउन आग्रहसमेत गरेकी छन्।