बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • देउवा समूहबाट महामन्त्री नपाएपछि विश्वप्रकाश आफू निकटहरूसँग छलफलमा

देउवा समूहबाट महामन्त्री नपाएपछि विश्वप्रकाश आफू निकटहरूसँग छलफलमा

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शेरबहादुर देउवा समूहबाट महामन्त्रीमा टिकट नपाउने भएपछि आफू निकट नेताहरूसँग छलफल थालेका छन्।
 |  शनिबार, मंसिर २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २५, २०७८

काठमाडौं- कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शेरबहादुर देउवा समूहबाट महामन्त्रीमा टिकट नपाउने भएपछि आफू निकट नेताहरूसँग छलफल थालेका छन्।

महामन्त्रीमा दाबी गर्दै आएका शर्माले संस्थापन टिमबाट टिकट नपाउने भएपछि शेखर कोइरालाको टिमबाट चुनाव लड्ने की प्रकाशमान सिंहको टिमबाट चुनाव लड्ने भन्ने विषयमा आफू निकट नेताहरूसँग छलफल गरिरहेको बताइएको छ।

उनले देउवा टिमबाट टिकट नपाएमा शेखर कोइराला समूहबाट महामन्त्रीमा लड्ने सम्भावना रहेको बताइएको छ। शेखर समूहबाट गगन थापा र शर्मालाई महामन्त्रीमा अगाडि सार्ने विषयमा छलफल भइरहेको बताइएको छ।

देउवाले भने महामन्त्रीमा डा. प्रकाशशरण महतलाई अघि सार्ने तयारी गरेका छन्। दुई जना महामन्त्री मध्ये एक महामन्त्री कृष्णप्रसाद सिटौलाले माग गरेसँगै देउवाले आफ्नो समूहबाट महतलाई महामन्त्रीको रुपमा अगाडि सार्न खोजेका हुन्।


प्रकाशित: Dec 11, 2021| 13:26 शनिबार, मंसिर २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...