मंगलबार, भदौ २, २०८३

सिंचाइ आयोजना बनेपछि किसानलाई सहज

धान खेतीका लागि त झापा प्रदेश १ उत्कृष्ट जिल्ला हो। झापामा वर्षमा दुई बाली धानसँगै अन्य खेती पनि हुने गरेको छ। विगतमा सिँचाइ अभावले हिउँदमा दक्षिणी क्षेत्रका किसानलाई खेतीका लागि निकै समस्या हुने गरेको थियो।
 |  शनिबार, मंसिर २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २५, २०७८

झापा- झापा खेतीका लागि उपयुक्त जिल्ला मानिन्छ। धान खेतीका लागि त झापा प्रदेश १ उत्कृष्ट जिल्ला हो। झापामा वर्षमा दुई बाली धानसँगै अन्य खेती पनि हुने गरेको छ। विगतमा सिँचाइ अभावले हिउँदमा दक्षिणी क्षेत्रका किसानलाई खेतीका लागि निकै समस्या हुने गरेको थियो। 

तर, जिल्लामा सिँचाइको व्यवस्था क्रमशः हुन थालेपछि किसानलाई खेती गर्न सहज हुँदै गएको छ। वर्षौंदेखि सिँचाइको अभावमा खेती गर्न समस्या भोगिरहेका दक्षिण झापाका किसानहरू सिँचाई सञ्चालनले दुई बादली खेती लगाउन थालेका हुन्। विगत चार वर्षअघिदेखि निर्माण थालिका विभिन्न सिँचाइ योजनाहरू सम्पन्न हुँदै गएपछि विगतमा बाँझै रहेका खेतहरूमा पनि खेती हुन थालेको छ। 

पानीको अभावमा आधा समय बाँझो रहने जमिनमा सिँचाई योजना सञ्चालनमा आएपछि बाह्रै महिना खेती गर्न थालिएको गौरादहका किसान हरि राजवंशीले बताए। ‘पहिला त पानी नभएर कति खेत त बाँझै हुन्थे। तर, अहिले पानी आएपछि सहज भएको छ। खेती गर्न पाएका छौँ,’ उनले भने, ‘अब खेतीबाट पनि केही गर्न सकिन्छ भन्ने आस पलाएको छ।’

सिँचाइ सुविधा भएपछि कृषकहरूले आकासे पानीको भर पर्नुपर्ने बाध्यता हटेको कृषक विष्णु अधिकारी बताउँछन्। ‘पहिला त हिउँदमा सक्नेले डिप बोरिङ गाडेर खेती गर्थे। नसक्नेले हिउँदमा खेती नै गर्दैन थिए,’ उनी भन्छन्, ‘सिँचाइ आएपछि त १२ महिना नै खेती हुन थालेको छ। गरिब किसानलाई पनि सहज भएको छ।’

जलस्रोत तथा सिँचाइ विकास डिभिजन झापाका अनुसार झापामा ९० हजार हेक्टर क्षेत्रफलमा सिँचाइ आवश्यक छ। आर्थिक वर्ष ०७७/०७८ को तथ्यांकअनुसार ५४ प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन झापाले जनाएको छ। 

गत वर्ष मात्र एक हजार हेक्टर क्षेत्रफल सिँचित क्षेत्रको रूपमा व्यवस्थित गरिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन झापाका प्रमुख कृष्णप्रसाद राजवंशीले जानकारी दिए। संघीयता कार्यान्वयन यता सुरु भएका मुख्य सातवटा सिँचाइ योजनामध्ये चारवटा योजना करिब सम्पन्नको चरणमा पुगेको उनले बताए।

उनका अनुसार डुडामारी-रामचन्द्रे सिँचाइ योजना, गेउरीया कृषि सुधार सिँचाइ योजना, हल्दिबारीको हर्चना कृषक सिँचाइ कुलो योजना र बुद्धशान्तिको हडिया-फूलवासा सिँचाइ योजनाको भौतिक संरचनाको निर्माणको काम सकिएको छ। अब चाँडै पानी छाडिने उनले बताए।

यस्तै, देउनियाँ खोला सिँचाइ योजना,  निन्दा-राजपैनी योजना, पालियापूर्व सिँचाइ योजनाको काम धमाधम भइरहेको उनले बताए। राजवंशीका अनुसार यी योजना पनि ५० देखि ७० प्रतिशतसम्म सम्पन्न भएको छ। कोरोना कहरका कारण आधा बजेट कटौती हुँदा कतिपय निर्माणधीन योजनामा प्रभाव परेको सिँचाइले जनाएको छ।  -न्युज कारखाना

प्रकाशित: Dec 11, 2021| 11:05 शनिबार, मंसिर २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।