धनगढी- कैलालीमा गाईसँग मोटरसाइकल ठोक्किँदा दुई जना घाइते भएका छन्। जिल्लाको गौरीगंगा नगरपालिका-६ कठौतीस्थित पूर्वपश्चिम राजमार्गमा बा८९क १७३३ नम्बरको मोटरसाइकल गाईसँग ठोक्किँदा दुई जना घाइते भएको प्रहरीले जनाएको छ।
मोटरसाइकलको ठक्करबाट गाईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मोटरसाइल चालक टीकापुर नगरपालिका -६ का ३० वर्षीय रविन चन्द गम्भीर घाइते भएको र उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ।
पछाडि सवार टीकापुर -९ की २२ वर्षीया फरिदा साउदको पनि निसर्गमै उपचार भइरहेको प्रहरीले जनाएको छ।