बिहीबार, भदौ ४, २०८३

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

स्थायी कमिटी र पोलिटब्युरो गठनका लागि एमालेको केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले शनिबार र आइतबार बस्ने गरी बैठक बोलाएका छन्।
 |  शनिबार, मंसिर २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २५, २०७८

काठमाडौं- स्थायी कमिटी र पोलिटब्युरो गठनका लागि एमालेको केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले शनिबार र आइतबार बस्ने गरी बैठक बोलाएका छन्।

बैठक जर्मन हाउस हस्पिटालिटी गट्ठाघर भक्तपुरमा ११ बजे बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

महाधिवेशनको समीक्षा, पोलिटव्युरो गठन, स्थायी कमिटीको गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन, कार्य विभाजन तथा प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन गर्ने बैठकको कार्यसूची रहेको छ। एमालेको विधान अनुसार पोलिटब्युरो ९९ सदस्यीय र स्थायी कमिटी ४५ सदस्यीय हुने छ।

एमालेको माहाधिवेशन सम्पन्न भएको भए पनि जिल्ला र प्रदेशको अधिवेशन भएको छैन। आजको बैठकले जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण गर्ने छ। 

विधान सम्पादन र नियमावली संशोधन, बैठक संचालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरियता क्रम निर्धारण र जनसंगठनको सुदृढिकरण अभियान पनि बैठकको कार्यसूचीमा छ।

प्रकाशित: Dec 11, 2021| 08:53 शनिबार, मंसिर २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...