मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सम्झौताको आठ महिनापछि ट्रमा सेन्टरको निर्माण कार्य सुरू

सम्झौताको आठ महिनापछि ट्रमा सेन्टरको निर्माण कार्य सुरू

सम्झौता भएको आठ महिनापछि बल्ल दाङमा ट्रमा सेन्टरको निर्माण सुरू भएको छ।
 |  शनिबार, मंसिर २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २५, २०७८

बुटवल- सम्झौता भएको आठ महिनापछि बल्ल दाङमा ट्रमा सेन्टरको निर्माण सुरू भएको छ। दुई वर्षदेखि लुम्बिनी प्रदेश सरकारले आफ्नै नीति कार्यक्रम र बजेटमा समेत समावेश गर्दै आएको ट्रमा सेन्टर निर्माणले अब भने साकार रूप लिने देखिएको हो। लमही-४ स्थित लमही अस्पतालसँगै सटेको कृषि उपज संकलन तथा बिक्री केन्द्रले प्रयोग गर्दै आएको जग्गामा ट्रमा सेन्टरको निर्माण सुरू भएको हो।

ट्रमा सेन्टर निर्माणका लागि लामा एण्डे गौरीशंकर हिमालयन कन्स्ट्रक्सन प्रालि कपनसँग २४ चैत २०७७ मा सम्झौता भएको थियो। सम्झौताअनुसार ट्रमा सेन्टर निर्माणका लागि १९ करोड ४१ लाख ४१४ रुपैयाँमा ट्रमा सेन्टर निर्माण हुनेछ। तर, यसको लागत इस्टिमेट भने २९ करोड २३ लाख ७६ हजार ३७ रुपैयाँ छ।

ट्रमा सेन्टर निर्माण सुरू भएसँगै लुम्बिनी प्रदेशसभाका सांसदहरूको टोलीले दाङ पुगेर स्थलगत अनुगमनसमेत गरेको छ। प्रदेश सांसद रेवतीरमण शर्माको नेतृत्वमा स्थलगत अनुगमनका लागि टोली शुक्रबार लमही पुगेको थियो। टोलीमा नेताहरू रतनकुमार केसी, ध्रुवनारायण चौधरी, पवन शर्मा रिजाल, जगनारायण चौधरी, निरज थापा लगायत सहभागी थिए।

स्थलगत अनुगमनपछि सांसद शर्माले समयमै निर्माण सम्पन्न हुनेमा आफूहरू आशावादी रहेको बताए। 'जग्गाको टुंगो लाग्नासाथ काम सुरू गर्नुपर्थ्याे, तर बिलम्व हुन गयो, यद्यपि काम समयमै सम्पन्न हुनेमा हामी आशावादी छौं,' उनले भने। ट्रमा सेन्टर स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धी भएकाले निर्माण छिटो सकेर उपचार सेवा सुरू गर्नुपर्ने सांसद शर्माको भनाइ छ।

यो ट्रमा सेन्टर लुम्बिनी प्रदेशको गौरवको आयोजना हो। यहाँ चारतलाको मुख्य भवन बन्ने छ भने चिकित्सकलाई बस्नको लागि आवास, चमेनागृहसहित शौचालय निर्माण हुने छ। जसमा आकस्मिक कक्ष, शल्यक्रिया कक्ष, बिरामी भर्ना कक्ष रहने छन्। साढे दुई वर्षमा निर्माण सक्ने गरी सम्झौता गरिएको छ।

प्रकाशित: Dec 11, 2021| 08:20 शनिबार, मंसिर २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।