काठमाडौं– आफ्ना गीतहरुमार्फत सुरक्षाकर्मीको आलोचना गर्दै आएका भि–टेन अर्थात समिर घिसिङले सुरक्षाकर्मीसँगको तस्विर सार्वजनिक गरेका छन्।
‘हामी यस्तै त हो नि ब्रो’ भन्ने गीत गाउँदा प्रहरी हिरासतमा पुगेका भि–टेन पछिल्लो समयमा सुरक्षाकर्मीप्रति आक्रोसित गीत संगित गर्दै आएका थिए। तर, आज उनले सामाजिक सञ्जाल फेसबुकमा भने ‘सोल्डर्स एट नेपाल पोलिस’ लेखेर तीनवटा तस्विर सार्वजनिक गरेका छन्।