बिहीबार, असोज २९, २०८३

गायक रामकृष्ण ढकालको स्वरमा राजेश हमालको अभिनय

नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले गायक रामकृष्ण ढकालको स्वर रहेको 'डाँडापारी' बोलको गीतको म्युजिक भिडियोमा सहकार्य गरेका छन्।
 |  शुक्रबार, मंसिर २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २४, २०७८

काठमाडौं- नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले गायक रामकृष्ण ढकालको स्वर रहेको 'डाँडापारी' बोलको गीतको म्युजिक भिडियोमा सहकार्य गरेका छन्। 

राजधानीमा एक कार्यक्रमबिच गीतको प्रिमियर शो गरिएको हो। रामकृष्ण ढकाल र कविता श्रेष्ठको स्वर रहेको गीतमा यमु शर्मा सुब्बाको शब्द र संगीत रहेको छ। भिडियोमा राजेश हमालसँगै गीता ढुंगानाको अभिनय छ। 

कार्यक्रममा प्रमुख अतिथि तथा गीतका मुख्य कलाकार महानायक हमालले 'डाँडापारी' गीतमा अभिनय गर्न पाउँदा खुसी लागेको बताउँदै गीतकार तथा संगीतकार यमुलाई सम्झिए। ‘बिदेशमा रहेर पनि यमु शर्माजीले गीतसंगीत प्रति देखाएको मायाका कारण पनि मलाई अझ खुसी लाग्यो। ‘आज एउटा म्युजीक भिडियो रिलिज मात्र होइन, भिडियोसँगै थुप्रै कुराहरु जोडिएको छ।’ हमालले भने।

हाल अमेरिकामा बस्दै आएकी 'मेची महाकाली बुहारी संयुक्त आवाज'को केन्द्रिय अध्यक्ष समेत रहेकी संगीतकार तथा गीतकार यमुले कार्यक्रममा उपस्थिती जनाउनु भएका अतिथि सबैलाई अमेरिकाबाटै धन्यवाद ब्यक्त गरिन्।

कार्यक्रममा गायक रामकृष्ण ढकाल र गायिका कविता श्रेष्ठले राम्रो गीत गाउने अवसर दिएको भन्दै गीतको निर्माता, गीतकार तथा संगीतकार यमुलाई धन्यवाद दिए। भिडियोको निर्देशन आयुष क्षेत्रीले गरेका हुन्। भिडियोमा अबिनाश डिसी र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ। 


प्रकाशित: Dec 10, 2021| 12:55 शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।