पोखरा- पोखराको विजयपुरमा शुक्रवार बिहान भएको ट्रक दुर्घटनामा दुई जनाको ज्यान गएको छ।
पोखरा महानगरपालिका–२६ विजयपुरमा भएको ट्रक दुर्घटनामा लमजुङको पार्चे बस्ने ४२ वर्षीय भीमबहादुर तामाङ र सनाखत हुन नसकेकाका अन्दाजी ४५ वर्षीय अर्का एक पुरुषको मृत्यु भएको हो।
मृत्यु भएका तामाङ चालक रहेको घटनास्थल पुगेका डिएसपि महेन्द्र मरासिनीले जानकारी दिए। लेखनाथबाट पोखरातर्फ आउँदै गरेको लु२ख २९४८ नम्बरको ट्रक आफैं अनियन्त्रित भई आज बिहान साढे ४ बजे नालीमा पल्टिएको प्रहरीले जनाएको छ। फलामे छड बोकेका कारण बढी भार भएर पल्टिएको प्रहरीको अनुमान छ।