अत्तरिया- कैलालीको गौरीगंगामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन्। गौरीगंगा नगरपालिका– ३ कुचैनी स्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गइरहेको ना४ख ३३०७ नम्बरको ट्रकले भित्रि सडक खण्ड दक्षिणबाट हाईवे क्रस गरी उत्तरतर्फ जादै गरेको से२प ७४८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ दुई जना घाइते भएका हुन्।
घाइते हुनेमा मोटरसाइकल चालक स्थानीय २२ वर्षीय आकाश चौधरी र मोटरसाइकलमा सवार कमल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
घाइते दुवै जनाको निसर्ग अस्पताल धनगढी उपचार भइरहेको प्रहरीले जनाएको छ। ट्रक र चालक कैलारी गाउँपालिका ८ का ४७ वर्षीय रामफल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।