काठमाडौं- फेरी काठमाडौं उपत्यकामा चिसो बढेको छ। काठमाडौंमा शुक्रबार बिहान ६ बजेको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ६ बजेको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस मापन गरिएको छ। महाशाखाले आज दिउँसो काठमाडौंको तापक्रम २८ देखि ३० डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरेको छ।
काठमाडौंमा आज मौसममा बदली हुने सम्भावना भने छैन। काठमाडौं उपत्यकामा चिसो बढेसँगै स्वास्वास्थ्य सावधानी अपनाउन महाशाखाको आग्रह छ।