शुक्रबार, वैशाख २६, २०८२

जलवायु संकटप्रति गम्भीर बन्न आग्रह गर्दै सुरु भयो किम्फ

अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ)को १९ औं संस्करण बिहीबारदेखि राजधानीमा सुरु भएको छ ।
 |  बिहीबार, मंसिर २३, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २३, २०७८

vianetvianet

काठमाडौं– अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ)को १९ औं संस्करण बिहीबारदेखि राजधानीमा सुरु भएको छ । कोभिड–१९ महामारीको जोखिमले यसपटकको किम्फ हाइव्रिड शैलीमा आयोजना गरिएको छ । 

triton college

हिमाल एसोसियसनद्वारा आयोजित फेस्टिभल चलचित्र विकास बोर्डको अडिटोरियममा सुरु भएको हो । मंसिर २७ गतेसम्म चल्ने फेस्टिभलको उद्घाटन भारतको लद्दाखका चर्चित वातावरण अभियन्ता तथा रोलेक्स अवार्ड विजेता सोनम वाङ्चुकले किनोट स्पिचसहित गरे । 

वातावरण अभियन्ता तथा प्रमुख अतिथि वाङ्चुक हिन्दूकुश हिमालय क्षेत्रमा देखिएको जलवायु असरप्रति गम्भीर सुनिए । आमिर खानको चर्चित बलिउड फिल्म थ्री इडियट्स वाङचुककै जीवनबाट प्रभावित छ ।  मानव सभ्यताको सबैभन्दा ठूलो खोजी प्रेम र सम्बन्ध रहेको चर्चा गर्दै उनले जलवायु परिवर्तनको असरप्रति गम्भीर बन्न सरकार र नागरिक दुबै गम्भीर बन्नुपर्ने बताए । 

‘सबै धर्मको मुख्य सार शान्ति र अहिंसा नै हो,’ वाङचुकले भने, ‘कोरोना भाइरस महामारीले हामीलाई मानव सभ्यताप्रति गम्भीर बन्न र सोच्न सिकाएको छ । यो यसरी नै हामी वातावरणप्रति सचेत हुनुपर्छ ।’

आफ्नो थलो लद्दाखको अनुभव सुनाउँदै उनले हिमनदी पुग्लिँदा पानीका स्रोतहरु सुक्दै जान थालेको र यस्तो समस्या नेपाली हिमालय क्षेत्रमा पनि सिर्जना भएको बताए।

National life insurance

हिन्दुकूश हिमालय क्षेत्रमा भारत, पाकिस्तान र चीनको सैनिक आवादी उच्च रहेको बताउँदै उनले यस्तो प्रवृत्तिले हिन्दूकूश हिमालय क्षेत्रमा गम्भिर वातावरणीय असर निम्ताएको बताए । ‘यो क्षेत्रमा सैनिक आवादी निकै बढाइएको छ । नागरिकले बरु सौर्य ऊर्जाको उपभोगमा जोड दिन्छन् तर, सैनिकले जीवाश्म इन्धन खपत गर्दा यसले हरितगृह ग्याँस उत्सर्जन गरिरहेका छन् । यसले अन्ततः हिमालय क्षेत्रलाई असर पारेको छ,’ उनले भने । 

उनले डिफेन्स (प्रतिरक्षा)लाई सैनिक उपस्थिती र लगानीको रुपमा मात्र नबुझ्न आग्रह गरे । ‘मुख्य डिफेन्स भनेको जलवायु परिवर्तनलाई रोक्नु नै हो । यसतर्फ सरकारहरु केन्द्रित हुनुपर्छ,’ उनले भने, ‘विश्वभर रक्षा बजेट २ ट्रिलियन डलर छ । यो बजेटलाई कटौती गरेर जलवायुमा लगानी बढाउनुपर्छ ।’ हरितगृह प्रतिरक्षा नै अबको युगको डिफेन्स भएको वाङचुकको भनाइ थियो । 

जलवायु परिवर्तनविरुद्ध सकारात्मक सन्देश प्रवाह गर्न फिल्म सुन्दर सिर्जना भएको उनको भनाई थियो । उनको निष्कर्ष थियो– रिडिफाइन ।’ उनले सोच र काम गराइको पुनर्संरचना नगरिए पृथ्वीलाई जोगाउन मुस्किल पर्ने चेतावनी दिए । काठमाडौं आउँदा घर फर्किएजस्तो महसुस भएको बताउँदै उनले आफूलाई साथीहरुले ५० प्रतिशत भारतीय र सतप्रतिशत नेपाली भनेर जिस्काउने गरेको अनुभव सुनाए । 

यसपटक नेपाली अभिनेता एवं निर्देशक अनुप बराल, स्वीस फिल्ममेकर क्यारोलाइन फिंक र मारियो कासेला निर्णायकको रुपमा छन् । ‘मैले निर्णायकको रुपमा जतिपनि फिल्म हेरेँ, यी फिल्म मात्र होइनन बरु अद्भूत फिल्म हुन्’, बरालले कार्यक्रममा भने, ‘यी फिल्मले हामीलाई आफूभित्र फर्किएर हेर्न सिकाउँछन् र प्रश्नहरुको सामना गर्न सिकाउँछन् ।’

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले जलवायु परिवर्तनको असर नेपालजस्ता कम विकसित मुलुकले भोगिरहेको बताउँदै फिल्ममार्फत यसबारे सन्देश दिन फेस्टिभलको योगदान महत्वपूर्ण हुने बताए । युरोपेली आयोगकी राजदूत नोना डेप्रेजले जलवायु संकटविरुद्ध लड्न ईयूले नेपाललाई सहायताको प्रतिबद्धता जनाएको बताइन् । संस्कृतिले मानिसलाई जोड्ने बताउँदै राजदूत डेप्रेजले हरित विकासमा नेपालले ध्यान दिनुपर्ने र यसतर्फ ईयूले सघाउने बताइन् । 

आयोजक संस्था हिमाल एसोसिएसनका अध्यक्ष वसन्त थापाले जलवायु परिवर्तन यतिबेला विश्वको वास्तविक चुनौति रहेकाले यसपटकको फेस्टिभल नै जलवायुमा केन्द्रित रहेको बताए । कोभिड–१९ महामारीको जोखिम कायमै भएकाले हाइव्रिड शैलीमा फेस्टिभल गर्नुपरेको बताउँदै उनले त्यसको बाबजुद पनि भएको दर्शकीय उपस्थितीले आफूहरुलाई हौसला थपेको बताए । फेस्टिभल निर्देशक रम्यता लिम्बुले मानिसहरु वातावरणसँग कसरी सम्बन्धित छन् र स्थानीय तथा विश्वव्यापीरुपमा भैरहेका जलवायु परिवर्तनका प्रतिकूल प्रभावलाई कसरी कम गर्न सकिन्छ भनेर सन्देश दिनु फेस्टिभलको उद्देश्य रहेको बताइन् । 

किम्फका मुख्य वक्ता सोनाम वाङ्चुक
यसपटक किम्फ फेस्टिभलको मुख्य थिम ‘क्लाइमेट कर्म’ राखिएको छ । यसपटक जलवायु परिवर्तनका असर चित्रण गरिएका फिल्म, लैंगिक समानता र सशक्तीकरणका सन्देश दिने फिल्महरु किम्फमा देखाइने भएको छ । 

फेस्टिभल शुभारम्भ काइली रुडिक निर्देशित १८ मिनेट लामो वृत्तचित्र ‘ड्रीम माउन्टेन’ प्रिमियरसँगै सुरु भयो । एक बच्चाकी आमा समेत रहेकी नेपाली महिला हिमाल आरोही पासाङ ल्हामु शेर्पाले गरेको संघर्षपूर्ण हिमाल आरोहणको कथा यसले भन्छ । ‘उत्साहपूर्ण प्रतिक्रियाले खुशी छु’ प्रिमियरपछि मिडियासँग आरोही शेर्पाले भनिन्, ‘यो फिल्मले दर्शकलाई जीवनप्रति आशावादी रहन र बाँच्न प्रेरणा दिन्छ ।’ प्रिमियरमा पनि उनी छोरासहित उपस्थित थिइन् । 

डकुमेन्ट्री, फिक्सन, प्रयोगात्मक, सर्ट र एनिमेसन फिल्म गरी २८ मुलुकका ६० भन्दा बढी फिल्म अनलाइन र प्रत्यक्षरुपमा देखाइने भएको छ । विश्वभरदेखि दर्शकले सबै फिल्मलाई महोत्सव अवधीभर किम्फ फिल्म फेस्टिभलको पोर्टलमा हेर्न सक्नेछन् । यसपटकको किम्फमा ४० फिल्म अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी छन् भने १३ फिल्म नेपाल पानोरमार्फत प्रतिस्पर्धी छन् । 

यस पटकको संस्करणमा किम्फ र युरोपेली संघद्वारा नेपाली फिल्म निर्माताका लागि ग्रीन ग्रोथ–ग्रीन रिकभरी शीर्षकमा छोटा फिल्मको प्रतिस्पर्धा पनि गरिने भएको छ । 

किम्फ र सेभ द चिल्ड्रेनले वातावरणका लागि कल टू एक्सनमा टीकटक च्यालेन्ज प्रस्तुत गर्नेछन् भने नेपाली फिल्ममेकरले बनाएका फिल्महरु नेपाली पानोरमामा हेर्न पाइनेछ । 

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो हुनेलाई २ लाख रुपैयाँ, द्धितीय हुनेलाई डेढलाख र तृतीय हुनेलाई १ लाख रुपैयाँ नगद दिइने भएको छ । नेपाली पानोरमामा उत्कृष्ट हुने वृत्तचित्रले ७५ हजार नगद र उत्कृष्ट आख्यानात्मक फिल्मले १ लाख रुपैयाँ पाउनेछन् । उत्कृष्ट माउन्टेन फिल्मले १ हजार अमेरिकी डलर प्राप्त गर्नेछ । 

अमेरिकाकी फोटोग्राफर सिरा क्रोवेलद्वारा मास्टर क्लास प्रस्तुत हुनेछ । नेपालमा मेरो खोज यात्रा नामक स्विस भूवैज्ञानिक टोनी हेगनको बिल्डिङ ब्रिजज टु द थर्ड वल्र्डको नेपाली अनुवाद तथा सस्टेनेबल समिट्स–क्लाइमेट सोलुसन्स फ्रम द टप अफ दी वल्र्ड लगायत फिल्म स्क्रिनिङ हुने जनाइएको छ ।

किम्फमा ब्रेकिङ कोड रेड– डिग्निटी विथ डेन्जर शीर्षकमा नेपालमा महिनावारीको अभ्यास र कोपिङ विथ क्लाइमेट कर्म शीर्षकमा वातावरणसम्बन्धी संवाद र छलफल पनि प्रस्तुत हुने जनाइएको छ ।

महोत्सव अन्तर्गत नेपाल पर्यटन बोर्डमा विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले सिरा क्रोवेलको पर्वतीय फोटोग्राफी तथा हिउँ चितुवाका फोटाहरु प्रस्तुत गर्ने भएको छ । क्लाइमेट कर्म विषयक पोस्टर प्रदर्शनी समेत हुने भएको छ ।                                              

प्रकाशित: Dec 09, 2021| 17:18 बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।