बाजुरा- बाजुरामा ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। जग्गनाथ गाउँपालिका-६ को काप्रिको गज्जेगार भीरमा मालवाहक ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो।
कालिकोटबाट हुम्लातर्फ जाँदै गएको भे१ख ३४६८ नम्बरको ट्रक बिहीबार विहान सडकबाट पाँच सय मिटर तल खसेको प्रहरी कार्यालय जुड्डिले जनाएको छ।
जुड्डिका प्रहरी इन्चार्ज प्रहरी नायव निरीक्षक विरसिंह ठग्गुनाले दुर्घटनामा ज्यान गुमाउँने चालक र सहचालक रहेको बताएका छन्।
मृत्यु हुनेमा ट्रक चालक बाँकेको बैंजनाथ गाउँपालिकाका मोहन जोशी र सहचालक हुम्लाको ताँजाकोट गाउँपालिका बिपी शाही रहेका छन्। दुबैको शव पोस्टमार्टमका लागि कोल्टि लैजाने तयारी भइरहेको घटनास्थलमा प्रहरीले जनाएको छ।