काठमाडौं- झापाबाट लागूऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले चार ग्राम तीन सय मिलिग्राम ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको हो।
झापा बुद्धशान्ति गाउँपालिका-३ बेलचोकस्थित बाबा राईको घरमा डेरा गरी बस्ने दीपक तामाङले कोठाभित्र प्रतिबन्धित लागूऔषध ब्राउन सुगरको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा संखुवासभा चैनपुर-११ का ३० वर्षीय दीपक तामाङ, २८ वर्षीय रोशन तामाङ र पाँचथर फिदिम-४ की १९ वर्षीया संगीता तामाङ रहेका छन्। उनीहरूलाई झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त पाठकले बताए।