बिहीबार, भदौ ४, २०८३

कांग्रेस केन्द्रीय सदस्यमा तुलसी सुब्बाद्वारा उम्मेदवारी घोषणा

२७ वर्षमै मन्त्री बनेका सुब्बाले तेह्रथुमबाट ०६४ सालमा संविधानसभा सदस्यमा चुनिएका थिए। तेह्रथुममा २०१५ पछि कांग्रेसबाट उनले पहिलोपटक निर्वाचन जितेका हुन्।
 |  बुधबार, मंसिर २२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २२, २०७८

काठमाडौं- कांग्रेस कांग्रेसको केन्द्रीय सदस्यतमा तुलसी सुब्बाले उम्मेदवारी दिने घोषणा गरेका छन्। आदिवासी जनजातितर्फको कोटामा उनले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेको सुब्बाले बताए। 

२७ वर्षको उमेरमै सहायकमन्त्री बनेका सुब्बा ०६४ सालमा संविधानसभा सदस्यमा  तेह्रथुमबाट प्रत्यक्षतर्फ चुनिएका थिए। तेह्रथुममा २०१५ पछि कांग्रेसबाट उनले पहिलोपटक निर्वाचन जितेका हुन्। 

राप्रपामा असन्तुष्ट बनेका बेला सुब्बालाई २०५६ मा गिरिजाप्रसाद कोइरालाले कांग्रेस भित्राएका हुन्। तेह्रथुम कांग्रेसमा उनलाई प्रभावशाली नेता मानिन्छ। उनी कोइराला परिवारसँग निकट छन्। 

प्रकाशित: Dec 08, 2021| 18:37 बुधबार, मंसिर २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...