शुक्रबार, कात्तिक ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

तरकारी खेतीमा लागेका किसानहरुले पाएनन् सरकारको साथ

कृषि जोन घोषणा गरिएको बहुदरमाईमा मात्रै करिब दुई सय विगाहा जग्गामा किसानले फूल कोभी, भण्डा, आलु, प्याज, टमाटर, खुर्सानी, बन्दा लगायतको खेती गरेका छन्।
 |  बुधबार, मंसिर २२, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २२, २०७८

पर्सा- पर्साको बहुदरमाई नगरपालिकाका किसान अहिले तरकारी खेतीमा व्यस्त भएका छन्। जिल्लाभरी सबैभन्दा बढी तरकारी खेती हुने बहुदरमाईको भौराटार, गम्हरिया र बिश्रामपुरका किसान तरकारी खेतीमा व्यस्त भएका हुन्।

triton college

कृषि जोन घोषणा गरिएको बहुदरमाईमा मात्रै करिब दुई सय विगाहा जग्गामा किसानले फूल कोभी, भण्डा, आलु, प्याज, टमाटर, खुर्सानी, बन्दा लगायतको खेती गरेका छन्। 

बहुदरमाई नगरपालिका वडा नं. ५ भौराटारका ३६ बर्षीय किसान निरन्जन महतोले विगत १० वर्षदेखि तरकारी खेतीलाई प्राथमिकता साथ गरेको बताए। अहिले आफ्नो गाउँ भौराटारस्थित ६ कठ्ठामा भण्टा खेती र १० कठ्ठामा बन्दा कोभी, मर्चा र टमाटरको खेती गरेको उनको भनाइ छ। यो वर्ष मात्रै नभई विगतदेखि नै तरकारी खेती गर्ने गरेको उनको भनाइ छ।

१६ कठ्ठादेखि एक विगहासम्मको जग्गामा लगाइएको तरकारी खेतीले नै घर परिवार चलाउन सकेको उनले बताए। 'बन्दा कोभी, मर्चा र टमाटरको उत्पादनमा केही समय लाग्ने भए पनि भन्टा खेतीबाट अहिले आम्दानी भइरहेको छ,' उनले भने, 'भदौ महिनामा ६ कठ्ठा खेतमा करिब २५ हजारको लगानीमा गरेको भन्टा खेतीबाट केही दिन पहिलेदेखि बिक्री गरेर हालसम्म ५० हजारसम्मको आम्दानी गरिसकेको छु।'

उनले लगाएको भन्टाको उत्पादन चैत्र महिनासम्म हुने छ। तर अहिले चिसो मौसम भएसँगै भन्टा सुक्ने र किरा लाग्ने समस्याले महतोलाई सताइरहेको छ। कृषक महतोले भने, ‘लगानी र धेरै मेहेन्तले गरिएको भन्टा खेतीले उत्पादन दिने बेलामा नै बोट सुक्ने र किरा लाग्ने भन्टाबाली नष्ट भइरहेको उनको गुनासो छ। अहिले विभिन्न विषादी छर्के पनि प्रतिफल खासै देखिएको छैन।’

Metro Mart
vianet

तरकारी बालीमा हुने रोग किराको बारेमा न त नगरपालिकाबाटै कुनै विषादीको व्यवस्था नभएको उनको गुनासो छ। सुरुमा बाली हरियो भए पनि फल्ने समयमै रोगले च्याप्दा मेहेनत र लगानी जतिको मुनाफा नहुने गरेको उनले बताए। बिज भन्डारबाट समेत विषादी खरिद गर्दा पनि कुन रोग हो भने यकिन हुन नसकी बाली उत्पादनमा क्षति हुने गरेको कृषक महतोको भनाई छ।

भौराटाचकै अर्का किसान जलेश्वर सहनी भने फूल कोभी खेती तर्फ मनग्ये आम्दनी गर्न सकेको बताउँछन्। उनले ४ कठ्ठामा गरेको कोभी खेतीबाट हालसम्म ४५ हजारको बिक्री गरिसकेको बताउँछन्। डेढ महिना पहिले १६ हजारको लागतमा काउली खेती गरेका सहनी पुरै काउली वितरण गर्दासम्म एक लाखको आम्दनी गर्न सकिने अनुमान गर्छन्। काउली खेतीमा लाग्ने रोगको सहजै उपचार गर्न सकिने हुँदा यस खेती तर्र्फ खासै नोक्सारी नहुने गरेकोले लाभ लिन सकिएको उनको भनाइ छ।

गम्हिरीयाका अर्का किसान रामदरस प्रसाद कुशवाहाले गरेको काउली खेती बिक्री गरेर अहिले सुर्ति खेती गरेका छन्। उनी मात्र नभई भौराटार, गम्हिरीया, बिश्रामपुरका अधिकांश किसानले गरेको काउली खेती दशैं, तिहारको बेला बिक्री वितरण गरेर अहिले सूर्ति खेती गरेको उनीहरुको भनाइ छ। 

सूर्य टोबाको कम्पनीले किसानले उत्पादन गरेको सूर्ति खरिद गरिदिने हुँदा पर्साका किसान पनि सुर्ती खेती तर्फ पनि आकर्षित भएको तर्क गर्छन्। अधिकांश मानिस कृषि पेशालाई नै जिविकोको पेशाको रुपमा लिइरहे पनि स्थानीय सरकारले भने किसान हितको लागि खासै ध्यान नदिएको किसानहरुको गुनासो छ। सरकार मातहतका कृषि प्राविधिक र स्थानीय जनप्रतिनिधीले सहयोग नगरिदिदा आफूहरु मारमा परेको उनीहरुको तर्क छ।

प्रकाशित: Dec 08, 2021| 21:30 बुधबार, मंसिर २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।