आइतबार, साउन १७, २०८३

आंशिक प्राध्यापकको दबाबमा त्रिवि सेवा आयोगको परीक्षा स्थगित

त्रिविका एक पदाधिकारीले भने, ‘आंशिक प्राध्यापकले परीक्षा स्थगित गरेर वार्तामा बस्न दबाब दिएपछि परीक्षा स्थगित गर्नुपरेको हो।’
 |  बिहीबार, साउन २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २१, २०७८

काठमाडौं- त्रिभुवन विश्वविद्यालय सेवा आयोगले आंशिाक प्राध्यापकको दबाबमा उपप्राध्यापकको परीक्षा स्थगित गरेको छ। परीक्षा भदौ १५ देखि सञ्चालन गर्ने कार्यतालिका थियो। यद्यपि सेवा आयोगले विशेष कारणले परीक्षा स्थगित गरेको जनाएको छ। आंशिक प्राध्यापकसँग तत्काल परीक्षा रोक्ने भन्ने विषयमा सहमति भएपछि त्रिविले परीक्षा स्थगित गरेको हो।

त्रिविका एक पदाधिकारीले भने, ‘आंशिक प्राध्यापकले परीक्षा स्थगित गरेर वार्तामा बस्न दबाब दिएपछि परीक्षा स्थगित गर्नुपरेको हो।’ त्रिविले अहिले परीक्षा सञ्चालन गर्ने भन्दा पनि आंशिक प्राध्यापकहरुको माग सम्बोधन गर्नुपर्ने भन्दै आंशिक प्राध्यापकले आन्दोलन गरेपछि सहमति जुटाउँदै त्रिविले परीक्षा स्थगित गरेको हो। उनीहरुले आफ्ना माग पूरा गर्न दबाब दिन पढाउनै छोडेर आन्दोलन गरेका थिए। 

विभिन्न संकाय र अध्ययन संस्थानअन्तर्गत ५८० पदमा दरखास्त आह्वान गरेको त्रिविले परीक्षा स्थगित गरेपछि परीक्षार्थी भने अन्योलमा छन्। 


प्रकाशित: Aug 05, 2021| 17:16 बिहीबार, साउन २१, २०७८
प्रतिक्रिया दिनुहोस्