नयाँदिल्ली- भारतीय सेना प्रमुख विपिन रावत सवार हेलिकोप्टर दुर्घटना भएको छ। तमिलनाडुको कुन्नुरमा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
रावतसहित सेनाका अधिकारीहरू सवार रहेको उक्त हेलिकोप्टर दुर्घनामा परेको हो। हेलिकोप्टरमा १४ जना सवार थिए।हेलिकोप्टरमा रावतकी श्रीमती, रक्षा सहायक, सेक्युरिटी कमान्डो र भारतीय वायु सेनाका अधिकारीहरू सवार थिए।
हेलिकोप्टरमा सवारमध्ये ५ जनाको मृत्यु भएको र दुई जना गम्भीर घाइते भएको भारतीय सञ्चारमाध्यम एनडीटीभीले उल्लेख गरेको छ। घाइते र मृतकहरुको नाम खुलाइएको छैन।
घटनाका सम्बन्धमा थप विवरण प्राप्त हुन बाँकी छ।