शनिबार, जेठ ५, २०८१

शशांक 'ब्याक' बनेपछिको संस्थापन इतर : साझा उम्मेदवार कति सम्भव?

प्रदेश अधिवेशनको नतिजाबाट निराश बनेको नेपाली कांग्रेसको संस्थापन इतर समूह समापति पदमा साझा उम्मेदवार तय गर्नका लागि छलफलमा छ।
 |  मंगलबार, मंसिर २१, २०७८

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

मंगलबार, मंसिर २१, २०७८

काठमाडौं- प्रदेश अधिवेशनको नतिजाबाट निराश बनेको नेपाली कांग्रेसको संस्थापन इतर समूह समापति पदमा साझा उम्मेदवार तय गर्नका लागि छलफलमा छ। ६ वटा प्रदेशमा भएको अधिवेशनबाट २ वटा प्रदेशमा मात्र नेतृत्व लिन सफल भएपछि संस्थापन इतर पक्षमा निराशा बढेको हो। 

triton college

प्रदेश १ मा २ मतले मात्र पराजय भोगेका संस्थापन इतरका उम्मेदवार गुरुराज घिमिरेले आफूमाथि राजनीतिक हिंसा भएको गुनासो गरेका छन्। उता बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आफ्ना पक्षका उम्मेदवार विजयी भएपछि देउवा समूहको आत्मविश्वास बढेको छ। 

यस पटकको महाधिवेशनबाट कुनै पनि हालतमा देउवालाई सभापतिमा दोहोरिन नदिने विषयमा संस्थापन एकमत भएपनि आफ्नो पक्षबाट साझा उम्मेदवार तय गर्न नसकेको संस्थापन इतरको दुई दिने छलफलले एक जना आकांक्षीलाई भने घटाएको छ। महामन्त्री तथा सभापतिका आकांक्षी शशांक कोइरालाले सहमतिका लागि आफू ब्याक हटेको सार्वजनिक गरेका छन्।

मंगलबार पाँच घण्टा लामो छलफलपछि शशांक ब्याक भएका हुन्। सभापतिका चार आकांक्षीसहित आफ्नो पक्षका प्रभावशाली केन्द्रीय सदस्यहरुको बैठकपछि महामन्त्री कोइराला ब्याक भएका हुन्। अब संस्थापन इतरमा सभापति आकांक्षीको संख्या ३ मा झरेको छ। यद्यपति साझा उम्मेदवार सार्वजनिक गरिएको छैन। अब संस्थापन इतरबाट पौडलसहित पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता शेखर कोइरालाले सभापतिका आकांक्षी छन्। 

सिंहनिवास चाक्सीबारीमा भएको पाँच घण्टा लामो बैठकको उपलब्धि आकांक्षीको संख्या घटाउने विषयमा सकारात्मक बनेको छ। केन्द्रीय सदस्यहरुले साझा उम्मेदवार चयन गर्न आकांक्षीहरुलाई दबाब दिएका थिए। आकांक्षीहरुबीच सहमति हुन नसके हस्तक्षेप गर्ने चेतावनी उनीहरुको थियो। उनीहरुको चेतावनीपछि महामन्त्री कोइराला त्याग गर्ने निर्णयमा पुगे।

corrent noodles
Metro Mart

प्रदेश १ सभापतिमा पराजित बनेका केन्द्रीय सदस्य गुरुराज घिमिरेले हाल देखिएका आकांक्षी नमिले युवा पुस्ताले हस्तक्षेप गर्ने चेतावनी दिएका थिए। 

मैले दाबी छोडेँ, रामचन्द्रजी सकारात्मक हुनुहुन्छ : शशांक

शशांक कोइरालाले रामचन्द्र पौडेलका लागि आफू ब्याक भएको बताएका छन्। यद्यपि सहमतिमा उम्मेदवार चयन हुने अवस्थामा पौडेल पनि ब्याक हुन सक्ने शशांकले संकेत गरेका छन्। 

‘मैले दाबी छोडे। रामचन्द्र जीले एक पटक छोडी दिनु मेरो लागि भन्नु भएको छ। त्यसैले मैले त्याग गरेँ,’ मंगलबारको चाक्सीबारी भेलामा सहभागी भएर बाहिरिएका महामन्त्री कोइरालाले भनेका छन्। 

तर, अन्य तीन आकांक्षीले भने आफ्नो अडान नछोडेका उनले बताए। प्रकाशमान र शेखर मिल्ने सम्भावना कम छ। जसका कारण पौडेल ब्याक हुने सम्भावना कम छ। 

‘अरु मिले रामचन्द्रजीले छोड्ने संकेत गर्नुभएको छ। शेखर र प्रकाशमान छोडने पक्षमा देखिनुहुन्न। हामीसँग छलफल गर्ने समय अब छैन। राति टुंगिन नसके भोलि बिहान त पक्कै सकिन्छ,’ महामन्त्री कोइरालाले भनेका छन्। 

भोलि साँझ साझा उम्मेदवार सार्वजनिक गर्छौं : पौडेल

वरिष्ठ नेता रामचन्द्र पौडेलले भोलि बुधबार साँझसम्म पार्टीको १४औं महाधिवेशनका लागि साझा उम्मेदवार तय गरी सार्वजनिक गरिने बताए। 

महाधिवेशनबाट कांग्रेसलाई सफल बनाउने गरी नयाँ नेतृत्व चयन गर्नका लागि भोलि साँझसम्म आफूहरुले सहमतिमै उम्मेदवार चयन गर्ने निर्णय गरेको वरिष्ठ नेता पौडेलको भनाइ छ। त्यसका लागि आजको बैठकमा सहमतिको नजिक पुगिएको पनि उनले दाबी गरे। 

‘नेपाली कांग्रेसको रुपान्तरण चाहने विचार समूहको बीचमा हामी साथीहरुले आज विभिन्न कोणबाट छलफल गर्‍यौँ। हामी सहमतिको निकै नजिक पुगेका छौं। हाम्रो निर्णय भोलिसम्ममा केही प्रक्रिया पूरा गरेर बाहिर आउँछ,' उनले भने, 'अबको चुनौती सामना कसरी सामना गर्ने र महाधिवेशनमा हामी कसरी पार्टी जोगाउन सफल भन्ने विषयमा छलफल गरेर हामी एउटा निष्कर्ष नजिक-नजिक पुगेका छौं। केही प्रक्रिया पूरा गर्न बाँकी छ। त्यो प्रक्रिया पूरा गरेर हामी भोलि साँझसम्म साझा उम्मेदवारको निर्णय सार्वजनिक गर्छौं।' बुधबार बिहान ९ बजे छलफलमा जुट्ने गरी नेताहरु चाक्सीबारी भेलबाट उठेका छन्।

बुधबारको बैठकमा शेखर नजाने  

सोही पक्षका सभापतिका अर्का आकांक्षी शेखर कोइराला भने बुधबार बिहानको बैठकमा सहभागी नहुने भएका छन्। शशांकले रामचन्द्रका नाममा दाबी छोडेपनि शेखर कुनै पनि हालतमा ब्याक हुने पक्षमा नदेखिएका हुन्। बैठकमा गए आफूलाई ब्याक हुन दबाब दिइने भएकाले उनले बैठकमा उपस्थित नै नहुने रणनीति बनाएका हुन्। 

प्रकाशमान र शेखर मिले रामचन्द्र पनि ब्याक हुने संकेत शशांकले गरेपनि शेखर पछि नफर्कने अडानमा छन्। उनले अनौपचारिक रुपमा बुधबारको बैठकमा नजाने बताए। ‘उहाँहरु बसेर छलफल गर्नुहुन्छ। म जान्नँ,’ शेखरले भनेका छन्।

टुंगो लागेको छैन : प्रकाशमान सिंह

प्रकाशमान पछि नहट्ने संकेत गरेका शशांकले बताएजस्तै सिंह अझै पनि पर्ख र हेरकै अवस्थामा छन्। उनले पूर्ण रूपमा आशा मारिसकेका छैनन्। 'हामी प्रयासमा छौँ, छलफल गर्दैछौँ टुंगो लागेको छैन,' उनले भने। 

बुधबार पनि आफूहरूबीच कुराकानी हुने भएकाले त्यसले टुंगो लगाउने उनको भनाइ छ। प्रकाशमान निकट स्रोतका अनुसार बुधबारको भेलाबाट आफूलाई साझा उम्मेदवार बनाउन उनले अझै पनि प्रयास गर्ने भएका छन्। 

यद्यपि सिंहले संस्थापनइतर समूहबाट आफू सर्वसम्मत पार्टी सभापतिको उम्मेदवार चयन हुने दाबी गरे। 

युवाको दबाब पनि

नेपाली कांग्रेस संस्थापन इतरका युवा नेताहरुले साझा उम्मेदवार तय गर्नकालागि बुधबारै छुट्टै भेला बोलाएका छन्। संस्थापनइतर समूहका युवाहरुले एक मात्रै उमेदवार बनाउन भन्दै नेताहरुलाई दबाब बढाउनका लागि भेला आयोजना गरेका हुन्। 

बुधबारको छलफलमा रामचन्द्र पौडेललाई बोलाइएको छ। अन्य सभापतिका आकांक्षीलाई निम्तो नगरिएको एक जना युवा नेताले बताए। 

बुधबारको छलफलमा क्षेत्रीय सभापतिहरु, जिल्ला सभापति, पूर्वजिल्ला सभापति, सातै प्रदेशमा जितेका पदाधिकारी तथा उमेदवारलाई बोलाइएको छ।

साझा उम्मेदवार तय गर्ने विषयमा लामो समयअघि नै एकमत रहेको संस्थापन इतर पक्षले अझसम्म पनि साझा उम्मेदवार तय नगरेको र अन्तिम समयमा आएर छलफल थालेको छ। यद्यपि यो समूहबाट शेखर कोइराला कुनै पनि हालतमा पछि नहट्ने पक्षमा छन्। उनले अब इतर समूहका बैठकमा पनि सहभागी नहुने संकेत गरेका छन्।

यसले संस्थापन इतरबाट साझा उम्मेदवार तय गरी अझि बढ्न अझै पनि चुनौती नै रहेको देखिएको छ। यद्यपि संस्थापन इतरबाट एक जना मात्र साझा रूपमा सभापतिको उम्मेदवार हुनुपर्ने माग र बबाब बढेको बढ्यै छ। यो दबाब जति बढ्दै जान्छ त्यति नै नेताहरू सहमतिमा पुग्न बाध्य हुने युवा नेताको भनाइ छ। यद्यपि साझा उम्मेदवार तय गरेर जान यो समूहलाई त्यति सहज भने छैन। 

नेपाली कांग्रेसको १४औं महाधिवेशन यही मंसिर २४ गतेबाट काठमाडौंमा सुरु हुँदैछ। वरिष्ठ नेता पौडेल पक्षबाट पौडेलसहित नेता सिंह र डा. शेखर कोइराला सभापतिको उम्मेदवारको आकांक्षी छन्। महामन्त्री शशांक कोइरालाले पनि आफू उम्मेदवार बन्ने बताउँदै आएका भएपनि सहमतिका लागि आफ्नो दाबी छोडेको मंगलबारै सार्वजनिक गरेका छन्। संस्थापन पक्षबाट शेरबहादुर देउवाले पुनः सभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन्।

प्रकाशित: Dec 07, 2021| 20:09 मंगलबार, मंसिर २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...