बिहीबार, मंसिर २५, २०८२
  • गृहपृष्ठ
  • फोटो
  • कांग्रेस महाधिवेशन उद्धाटनस्थलमा यस्तो छ तयारी [तस्बिरमा]

कांग्रेस महाधिवेशन उद्धाटनस्थलमा यस्तो छ तयारी [तस्बिरमा]

यतिबेला कांग्रेसले महाधिवेशन उद्धाटनस्थलमा मञ्च निर्माणलगायतका कामलाई पनि तीव्रता दिएको छ। सुरक्षाका लागि ८ हजार सुरक्षाकर्मी परिचालन गरिने प्रहरीले जानकारी दिएको छ।
 |  मंगलबार, मंसिर २१, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

मंगलबार, मंसिर २१, २०७८

काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशन २४ मंसिरदेखि काठमाडौंमा सुरु हुँदैछ। वडा, पालिका, क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशन सकेपछि कांग्रेसको केन्द्रीय महाधिवेशन हुन लागेको हो।

National life

कांग्रेसले तल्लो तहदेखि नै सर्वसम्मत र निर्वाचनका माध्यमबाट कार्यसमिति चयन गर्दै आएको छ। यस आधारमा झन्डै आठ हजार कांग्रेसका नेता कार्यकर्ता पार्टीमा नयाँ आइसकेका छन्।

मुलुक संघीयतामा गएपछि कांग्रेसले पनि पार्टीको संरचना सोहीअनुसार ढालेको छ। पहिलोपटक कांग्रेसले प्रदेश संरचनाको अधिवेशन पनि गरेको छ। प्रदेश २ बाहेक ६ वटै प्रदेश कार्यसमिति चयन भइसकेको छ। 

६१ वटा जिल्ला र ६ वटा प्रदेशमा नयाँ कार्यसमिति चयन गरेपछि कांग्रेस केन्द्रीय महाधिवेशनमा जुटेको हो। कांग्रेसको केन्द्रीय कार्यसमिति एक सय ३४ सदस्यीय हुनेछ। कोषाध्यक्षबाहेक सबै निर्वाचित हुनेछन्। कांग्रेस विधानमा प्रवक्ताबारे केही उल्लेख नभए पनि पदाधिकारीकै हैसियत दिइएको छ। कोषाध्यक्ष र प्रवक्ता दुवै पदाधिकारी हुनेछन्।

कांग्रेसमा सभापति, उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री आठ (खस-आर्य, जनजाति, महिला, मधेसी, मुस्लिम, थारु, दलित र पिछडिएको क्षेत्रबाट एक-एकजना) गरी १३ जना निर्वाचनमार्फत आउने छन्।

Laxmi sunrise bank
kumari

कांग्रेसले समावेशी सिद्धान्त अख्तियार गरेको छ। केन्द्रीय सदस्य खुलातर्फ ३५ जना निर्वाचनबाट आउनेछन्। १३औं महाधिवेशनमा खुलातर्फ २५ जना निर्वाचनका माध्यमबाट आएका थिए। यसपटक १० जना थपिएको छ। 

यस्तै, सात प्रदेशबाट महिलासहित २१ जना, खुला महिलाबार्ट नौ, खस-आर्यबार्ट ६ महिलासहित १३, आदिवासी जनजातिबाट सात महिलासहित १५, मधेसीबाट चार महिलासहित नौ, दलितबाट चार महिलासहित नौ, थारुबाट दुई महिलासहित चार, मुस्लिमबाट एक महिलासहित तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसंख्यकबाट एक, अपांगता भएकाबाट एक गरी एक सय ३४ जनाको निर्वाचन हुनेछ।

यतिबेला कांग्रेसले महाधिवेशन उद्धाटनस्थलमा मञ्च निर्माणलगायतका कामलाई पनि तीव्रता दिएको छ। सुरक्षाका लागि ८ हजार सुरक्षाकर्मी परिचालन गरिने प्रहरीले जानकारी दिएको छ। 

प्रकाशित: Dec 07, 2021| 15:49 मंगलबार, मंसिर २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।