शुक्रबार, वैशाख २६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • भदौमा छैठौँ फर्निचर तथा फर्निसिङ एक्स्पो, सय स्टल सहभागी 

भदौमा छैठौँ फर्निचर तथा फर्निसिङ एक्स्पो, सय स्टल सहभागी 

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
triton college
National life insurance
काठमाडौं–‘फर्निचर तथा फर्निसिङ एक्स्पो’फर्नेक्स आगामी भदौ १४ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले एक्स्पो  गर्न लागिएको  हो । 

सन् २०१२ देखि नियमित रुपमा प्रत्येक वर्ष एक्स्पो आयोजना हुँदै आएको छ । नेपाल फर्निचर्स तथा फर्निसिङ संघले आइतबार  काठमाडौंमा पत्रकार सम्मेलन गरी एक्स्पोको बारेमा जानकारी गराएको छ ।
सञ्चालन हुन गाइरहेको उक्त छैठौं संस्करण फर्नेक्स २०१८  एक्स्पोलाई होम डेकोर विशेष बनाइने संघले जनाएको छ । बढ्दो आधुनिक जीवनशैलीसँगै बढ्दै गएको इन्टेरियर डिजाइनका लागि एक्स्पो उचित गन्तव्य हुने भनिएको । एक्स्पोको व्यवस्थापन इभेण्ट सोलुसन प्रालिले गर्ने छ ।  

आयोजकका  अनुसार एक्स्पोमा किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहने छ । पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन लगायतको समते प्रदर्शनी गरिने आयोजकको भनाइ छ ।

प्रदर्शनीमा फर्निचरको प्रदर्शनी मात्र नगरी त्यसका उपयोगिता, प्रयोग विधि, बनोटका बारेमा पनि अवलोकनकर्तालाई जानकारी गराउने आयोजकले बताएको छ । फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पुर्याउने अपेक्षा गरिएको छ ।

मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचरका उत्पादनका बारेमा जानकारी लिन सेवाग्राहीलाई एक्स्पो उचित गन्तव्य हुने संघका अध्यक्ष राजेश अग्रवालले बताका छन् ।  उनले नेपाल फर्निचर तथा फर्निसिङमा आत्मनिर्भर हुने दिषामा अघि बढेको बताए ।

५ दिनसम्म चल्ले एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १ सय बढी फर्निचर र फर्निसिङ सामग्रीका स्टल रहने आयोजकको भनाइ छ । मुलकुमा करिब ३० अर्ब रुपैंया बराबरको वार्षिक वर्षेनी फर्निचर तथा फर्निसिङका उत्पादनहरुको कारोबार हुदै आएको व्यवसायीहरुको भनाइ  छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्