थाइल्याण्ड-१५ दिनदेखि उत्तरी थाइल्याण्डको एक गुफामा फसेका १२ बालकमध्ये चार जनालाई सकुशल उद्दार गरिएको छ । प्रशिक्षकसहित नौ जनाको उद्दार कार्य जारी छ । उनीहरुलाई पनि सोमबारभित्रमा उद्दार गरिसक्ने उद्दार अभियानका प्रमुख नागोन्गसाकले जानकारी दिएका छन् ।
बच्चाहरुको उद्दारका लागि ९० गोताखोरको टोली सहभागी छ । जसमा ४० जना थाइल्याण्डका हुन भने बाँकी ५० जना अन्य देशबाट ल्याइएका हुन । आइतबार साँझसम्म चार जनाको उद्दार गरी अस्पताल पुर्याएको र बाँकीको सोमबार बिहानबाट उद्दार शुरु हुनेछ ।
यसरी शुरु भएको थियो मिसन
गुफामा फसेका १२ बालक तथा उनीहरुका फुटबल प्रशिक्षकलाई बाहिर निकाल्ने ‘मिसन’ शुरु भएको छ ।
स्थानीय समयअनुसार आइतबार बिहान १० बजे १३ गोताखोरको एक समूह बच्चालाई बाहिर ल्याउने मिसन लिएर गुफाभित्र छिरेको बालक बचाउ अभियान दलका एक अधिकारीले जानकारी दिए । सबैलाई सामुहिक रुपमा निकाल्न नसकिने भएकाले प्रत्येक बालकलाई एक एक गरेर बाहिर निकाल्ने तयारी भइरहेको समाचार एजेन्सी एएफपीले जनाएको छ ।
थाइल्याण्डका स्थानीय समाचार संस्थाका अनुसार त्यहाँका प्रधानमन्त्री जनरल प्रायुत चैन ओ चा घटनाको बारेमा पछिल्लो तथ्यांक बुझ्न चियांग राई प्रान्त जाने तय भएको छ ।
आइतबार बिहानै थाइल्याण्डका अधिकारीहरुले सुरक्षा सतर्कता अपनाएको भन्दै बचाउ कार्यबाहेकका असम्बन्धित सबैलाई गुफाको प्रवेशद्वाराबाट पछि हट्न आग्रह गरेको छ ।
त्यस्तै गुफाको क्षेत्रको बाहिरको ठाउँ खाली गरेर उद्दार कार्य जारी राखिएको छ । बचाउ दलले बच्चाको परिवारलाई जानकारी गराईसकिएको उद्दार कार्यमा खटिएका अधिकारीहरुले बताएका छन् । गुफाको प्रवेशद्वार नजिकै एउटा सानो बजार छ ।
जहाँ धेरै मानिसको भीड हुने गरेको छ । त्यहाँ सबैभन्दा बढी उद्दार कार्यमा स्वेच्छारी रुपमा खटिन चाहनेहरु थिए । उद्दारमा चाहना राखेपनि व्यवसायिक उद्दारकर्मीलाई गाह्रो हुने भएकाले भीडलाई प्रहरीले हटाएको हो । मिडियाकर्मी तथा अन्य सबै मानिसलाई गुफाको प्रवेशद्वारबाट टाढा राखिएको छ ।
गुफामा अहिले १२.८ करोड लिटर पानी जम्मा भइसकेको छ । तर, पहिलेको भन्दा पानीको सतह विस्तारै घट्दै गएको उद्दार कार्यमा सहभागी थाइल्याण्डकी नेवीले बताएकी छन् ।
गुफामा बसेका कुनै पनि बच्चा पौडीको ज्ञान नभएका भएकाले पनि बाहिर निकाल्न धेरै चुनौतीपूर्ण रहेको उद्दारमा खटिएकाहरुको भनाई छ । त्यस्तै गुफा भित्रको पानी निक्कै नै चिसो छ । भित्र रहेका बालकलाई बाहिर निकाल्नेक्रममा उद्दारकर्तासँगै केहीबेर पानीमा तैरिनुपर्ने हुन्छ ।
