काठमाडौं- सनराइज बैंक लिमिटेडले धनकुटा जिल्लामा शाखा विस्तार गरेको छ ।
बैंकले धनकुटा नगरपालिका वडा नं ७ स्थित धनकुटा बजारमा आफ्नो ८९ औँ शाखाको स्थापनाबाट आफ्ना ग्राहकहरुलाई थप विस्तारित, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देथ्य लिएको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले ८९ वटा शाखा, २२ वटा शाखारहित बैंकिङ्ग सेवा तीनवटा एक्सटेन्सन काउण्टर, एक सयवटा ए.टि.एम मार्फत आफ्ना ४ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४